पश्चिमी अफ्रिकन देश सिएरा लिओनमा बाढी–पहिरोमा परी सोमबारसम्म ३०० भन्दा बढी मानिसको ज्यान गएको छ।
व्यापक वर्षापछि आएको बाढी–पहिरोमा परी सयौं घाइते भएका छन्।
सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा सयौं घरहरू पुरिएका त्यहाँका उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाएका छन्।
राति सुतिरहेको बेला बाढी–पहिरो आएकाले कति बेपत्ता भए भन्नेबारे अझै यकिन नभएको बताइएको छ।