अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिवानहरुले आफैंले बनाउँदै गरेको बम विस्फोटमा कम्तीमा ३० तालिवान आतंककारी मारिएका छन् ।
उक्त प्रान्तका प्रवक्ताले शुक्रबार अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् ।
बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो । तालिवान आतंककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो ।
आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको विस्फोटमा परी कम्तीमा ३० को मृत्यु र केही घाइते भएका प्रवक्ताले जानकारी दिएका छन् । मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने प्रहरीले बताएका छन् । यसबारे तालिवानले केही बताएका छैनन् ।
अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान समूहले गरेको आक्रमणमा परी सयौंको मृत्यु हुनुको साथै हजारौं घाइते भएका छन्।रासस/सिन्ह्वा