इजरायली सरकारले जेरुसेलमस्थित अलजजिरा टेलिभिजन कार्यालय बन्द गर्ने योजना बनाएको छ। अंग्रेजी र अरेबिक दुवै भाषाको अलजजिरा प्रसारण बन्द गर्ने र उसका पत्रकारको अनुमित पनि खारेज गर्ने तयारी गरिएको इजरायलका संचारमन्त्री अयूब काराले बताएका छन्।
आतंकवादलाई समर्थन गरेको भन्दै आफ्नो देशमा अलजजिरा बन्द गर्ने निर्णय गरेको काराले बताएका छन्।
अलजजिरामा उल्लेख भएअनुसार आइतबार एक पत्रकार सम्मेलन गरी इजरायली संचारमन्त्री काराले यो घोषणा गरेका हुन्। उक्त सम्मेलनमा आफ्ना पत्रकारलाई सहभागी हुन नदिएको अलजजिराले बताएको छ।
उसले आफू एक स्वतन्त्र प्रसारक भएको बताउँदै आफ्नो बचाउ गरेको छ।