अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका छन्।
अफगान सुरक्षाबलले २१ स्थानमा जारी राखेको कारबाहीमा आतंककारीहरूको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।
त्यसगरी अफगानिस्तानको ३४ प्रान्तमा तीन दिनसम्म सुरक्षाबल विशेष कारबाही जारी राखेका थिए । विशेष सुरक्षा बलले उक्त कारबाहीमा तीन स्थानीय कमाण्डर र १० हक्कानी आतंककारी समूहका सदस्य मारिएका बताएको छ।
तालिवान आतंककारी समूहले यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन्। बुधबार बिहान सबेरै दक्षिण प्रान्त कान्दाहारमा नेटो सैनिक समूहलक्षित भएको एक आत्मघाती आक्रमणमा हताहती भएको संयुक्त सेनाले पुष्टि गरेका छन् । रासस/सिन्ह्वा