एनआरएनए मलेसियाले साढे १३ लाख बराबरको श्रमिक कल्याणकारी कोष निमार्ण गरेको छ। आइतबार सम्पन्न एनआरएनए मलेसियाको छैटो अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै अध्यक्ष सर्वसम्मत चयन भएका हरि भट्टराईले सो कोष निमार्ण भएको घोषणा गरेका हुन।
नेपाली श्रमिकहरुको उद्धार एवं सहयोगका लागि ५० हजार रिंगिट करिब १३ लाख ५० हजार रुपैंया श्रमिक कल्याणकारी कोषमा जम्मा गर्ने गरिएको भट्टराईले बताए।
यो रकम मलेसियामा रहेका श्रमिकहरु समस्यामा परेका बेला उनीहरुको उद्धार एवम उपचार, मृत्यु भएका कामदारदाई नेपाल ल्याउनका लागि खर्चिने उनले बताए।
छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले , उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा शुभद्रा लिंग्देन, महासचिवमा हेमराज सापकोटा,सचिवहरुमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री,कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याक्खालाई चयन गरिएको छ।
सदस्यहरुमा सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ अनिलकुमार चौधरी,अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउँद, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईँ, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा सर्वसम्मत चयन भएका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा चयन भए। कार्यक्रममा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य लगायत केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो।