कोरियाको सबैभन्दा अग्लो १ सय २३ तल्ला लोट्टे वर्ल्ड टावर महिनाको २ दिन बन्द रहने भएको छ। हालै राष्ट्रपति मुन जे इनको सरकारले ल्याएको पञ्च वर्षिय रोडम्याप पोलिसी अन्तर्गत लोट्टे वर्ल्ड टावर तथा यस भित्र रहेका साइनसेजी स्टारफिएल्ड र साना साइजका सपिङ कम्प्लेक्ससमेत बन्द रहने छन्।
सन् २०१८ को जनवरीदेखि लागू हुने उक्त पोलिसी अन्तर्गत ती बाहेकका अन्य मल्टी प्रपोज सपिङ कम्प्लेक्स जस्तै इ - मार्ट, होम प्लस, लोट्टे मार्ट समेत महिनाको २ दिन बन्द हुनेछन्।
बन्दको समयमा मध्यम खालका सपिङ मलले भने जग्गा लिजमा लिएर सेल लगाउन पाउने भए पनि सरकारको पछिल्लो नीतिले थोरै आम्दानी भएका कामदार तथा आफ्नै ब्यावसाय चलाइरहेका व्यावसायी मारमा पर्ने भन्दै खुल्ला ब्यापारीले आलोचना गरेका छन्।
त्यति मात्रै होइन यो नीतिले विशेष गरि साताको अन्तिम दिन आइतबार परिवारसहित सपिङमा निस्किने कामदारलाई पनि ठूलो असर पर्ने भएको छ। साथै सरकारले आफ्नो अनुकुल समयमा सपिङ गर्न आउने अधिकारलाई हनन् गरेको भन्दै ब्यापक जन गुनासो बढेको छ।
हाल साताको पहिलो केही दिन औसत १ लाखको हाराहारीमा पर्यटक लोट्टे वर्ल्ड टावर हेर्न पुग्छन् भने साताको अन्तिम दिन १ लाख ७० हजारको हाराहरीले टावरको अवलोकन गरिरहेका छन्।
विदाको समयमा यति ठूलो संख्यामा अबलोकनकर्ता हुँदा हुँदै पनि बिदाकै दिन बन्द गर्ने सरकारी नीतिले ठूलो आर्थिक क्षति सक्ने हुनसक्ने अर्थविदहरुको अनुमान छ।