आइफोनको विवादास्पद सफ्टवयरको कारण मोबाइल स्लो हुने समस्या आएको भन्दै कोरियन प्रयोगकर्ताले क्षतिपूर्तिको माग सहित अदालतमा मुद्वा दायर गरेका छन्। १ सय २० जना प्रयोगकर्ताले बिहिबार अमेरिकन एप्पल कम्पनि तथा कोरियामा रहेको त्यसैको शाखा विरुद्व सउल केन्द्रीय जिल्ला अदालतमा मुद्वा दर्ता गरेका हुन्।
कोरियन संचार माध्यमका अनुसार प्रयोग कर्ता द्वारा प्रति ब्याक्ति २५ लाख कोरियन वन अर्थात २ हजार ५६ अमेरिकी डलर क्षतिपुर्ति माग गरिएको छ।
अप्रत्याशित रुपमा मोबाइल अफ हुने, ह्याङ् हुने आदि समस्या रहेको प्रयोग कर्ता हरुको गुनासो छ। उनीहरुले स्वतन्त्र उपभोक्ता नागरिक युनियन गठन गरि सोहि मार्फत मुद्वा दर्ता गरेका हुन्। उक्त युनियनमा ३ लाख ७० हजार भन्दा धेरै यसका प्रयोगकर्ता संगठित हुन् इच्छुक रहेको बताइएको छ।
गत डिसेम्बर मा एप्पलले आइफोन ६, ६ एस तथा आइफोन एस इ को ब्याट्रीमा समस्या आएको स्वीकार्दै मोडेल परिबर्तन गर्ने बताएको थियो। तर मोडेल परिबर्तन नगरी पुरानै मोबाइल बिक्रीको लागि प्रोत्सान गरिरहेको प्रयोगकर्ताको आरोप छ।