गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा नवीन निउरे विजयी भएका छन्।
आइतबार भएको मतदानमा निउरेले तीन जना प्रतिस्पर्धीलाई हराएर जित हात पारेका हुन्।
निउरेले २९ सय ५५ भोट ल्याउदाँ उनका निकटतम प्रतिद्धन्द्धि संगिता अधिकारीले १२ सय २० भोट ल्याएकी छिन।
अध्यक्षका अर्का उम्मेद्वार राजकुमार अधिकारीले ७ सय ७७ र रामकृष्ण श्रेष्ठले ४ सय ९६ भोट ल्याए।
जापानको एनआरएनए चुनावमा ७ हजार १ सय ६८ सदस्यमध्ये ५ हजार १ सय ३४ जनाले मत खसालेका थिए।
लामो समयदेखि जापानमा बस्दै ब्यवसाय गर्दै आइरहेका निउरले यस पटक चुनावमा जित हासिल गरेका हुन।
अहिले विभिन्न देशहरूमा एनआरएनएको नयाँ नेतृत्व चयन भइरहेको छ।