पाल्पाबाट जापानमा गई विभिन्न पेशा र व्यवसायमा संलग्न पाल्पालीहरूको संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशन आगामी ८ अक्टोबरमा टोकियोमा हुने भएको छ।
टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। साथै अधिवेशनले समाजको भावी कार्ययोजना तथा संस्थागत रणनीति तय गर्नेछ।
पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, व्यवसायमा संलग्न पाल्पालीहरूलाई जोड्दै प्रवासमा आइपर्ने समस्याहरूको सामूहिक समाधान गर्ने उद्देश्यले पाल्पा समाज जापानको स्थापना सन् २०१६ मा भएको हो।
आफ्नो स्थापनादेखि नै समाजले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। समाजले ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले समेत महत्वपूर्ण पाल्पाका विभिन्न पर्यटकीय गन्तव्यहरूको पहिचान गरी जापानमा यथोचित प्रचार–प्रसार गर्ने तथा पर्यटक भित्र्याउन ठोस पहल गर्ने योजना बनाएको छ।
समाजले अधिवेशनमा उत्साहजनक सहभागिताका लागि जापानमा छरिएर रहेका पाल्पालीहरूलाई अपिल गरेको छ।