गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले हटलाइन सेवा सुरु गरेको छ।
जापानमा रहेका नेपालीहरुलाई समस्या परेको खण्डमा जानकारी लिइ समस्या समाधान गर्ने उद्धेश्यले हटलाइन सेवा सुरु गरेको एनआरएनए जापानले जनाएको छ।
जापानमा १ लाख ४० हजार भन्दा बढी नेपाली छन। +८१०८०६३५२८२६६ नम्बरको हटलाइन सेवा शुरु गरिएको अध्यक्ष नबिन निउरेले जानकारी दिए।
जापानमा रहेका विद्यार्थी, कामदार जसलाई जे समस्या परेको छ, त्यो थाहा पाउन र नेपाली दूतावासलगायतका सम्बन्धित संघ संस्थासँग मिलेर समस्या समाधानमा पहल गरिने अध्यक्ष निउरेले बताए।
जापानमा विद्यार्थी भिसामा गएकाहरुको धेरै समस्या छ।
एनआरएनए जापानलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन ।