भारतको आग्रामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ।
सोमबार बिहान साढे ४ बजे लखनउदेखि दिल्ली जाँदै गरेको यमुना एक्सप्रेस वेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। बसमा ४७ जना सवार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
सवारी चालक निदाएर बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ।
गाडी अनियन्त्रित भइ ३० फिट तल नहरमा खसेको बताइएको छ।
घाइतेको उपचारका लागि अस्पताल पठाइएको र मृतकका लाश पोष्टमार्टमका लागि लगिएको अधिकारीहरूले जनाएका छन्।
उत्तरप्रदेशका मुख्यमन्त्रीले सो दुर्घटनाबारे २४ घण्टाभित्र अनुसान्धान गरी रिपोर्ट तयार पार्न यातायात आयुक्त, डिभिजनल आयुक्त र आइजीलाई निर्देशन दिएका छन्।
यस्तै, मृतकका परिवारलाई ५ लाख प्रदान गर्ने उत्तरप्रदेश प्रदेश सडक ढुवानी निगमले जनाएको छ।
दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दु:ख व्यक्त गरेका छन् ।