मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन विज्ञापनमा भगवान गणेशलाई फिल्माएपछि यहाँ रहेका हिन्दू समाज र भारतीय दूतावासले समेत त्यसको विरोध गरेको छ।
भारतीय दूतावासले औपचारिक रूपमै हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको विज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र समेत पेश गरेको छ। यस्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाज समेत यसको विरोधमा उत्रिएका छन्। भारतीय दूतावासले यस्तो विज्ञापनले भारतीय हिन्दु समाजको धार्मिक सहिष्णुतामा आघात पुगेको समेत बताएको छ।
सिड्नीस्थित भारतिय दूतावासले मासु तथा लाइभस्टक अस्ट्रेलियालाई पत्राचार गर्दै तुरुन्त यो विज्ञापन हटाउन समेत अनुरोध गरेको छ। अस्ट्रेलियाको सरकारी निकायका रुपमा लाइभस्टक अस्ट्रेलियाले फिल्माएको मासुको विज्ञापनमा जिसस जिसस, जुइस, बुद्ध भगवान र गणेश जस्ता देवताहरुलाई टेबलमा राखेर वाइनका साथ भेडाको मासुको प्रचार गरेको छ।
अझसम्म यो विज्ञापनका विषयमा तीस भन्दा बढी संघ संस्थाले विरोध जनाइसकेका छन्। विरोध जनाउने सबै भारतीय संघ संस्था रहेका छन्। विज्ञापनमा बुद्ध भगवानको पनि चरितार्थ गरिएको छ तर बुद्धका अहिंसावादी अनुयायी र जन्मथलो नेपाली समाजले भने अझसम्मको यसमा भेउ नपाएको जस्तो देखिएको छ। ‘भगवान बुद्ध र गणेश दुबै साकाहारी भएको र उनीहरूको अगाडि मासु र वाइनको थाली राखेर टेबलमा विज्ञापन गरेको भने पटक्कै सुहाएको छैन,’ एक समर्थकले सेतोपाटीलाई बताए।
यसैबीच विज्ञापनकर्ता लाइभस्टक अस्ट्रेलियाले भने सबै धर्म र जातजातीबिचको एकताको प्रतिकका रुपमा बिज्ञापनको पर्वधन गरिएको दाबी गरेको छ। ‘विज्ञापनमा कसैले मासु खाएको देखाइएको छैन र यसले धार्मीक आस्थामा चोट पुर्याउने काम गरेको छैन खाली सबै धर्म र जात जाति बिचको एकताको शन्देश दिने खालको बनाइएका छौ,’ विज्ञापनकर्ताले भने।
पर्थस्थित भारतीय समाजका अध्यक्ष राम बंशलले जे भनिए पनि भगवान गणेशलाई मासुको टेबलमा राखेर विज्ञापन गर्दा हाम्रो धार्मीक भावनामा चोट पुगेको बताउँदै राज्य सरकारमार्फत बिज्ञापन रद्द गर्न अनुरोध गेरको छन्।
हिन्दु पण्डितहरुको संगठन हिन्दु किलर्जीले पनि यो विज्ञापनको विषयमा गम्भीर हुन अनुरोध गरेको नेपाली हिन्दु समाजका पण्डीत प्रकाश ढोडारीले बताए।‘यो विज्ञापनले गणेश भगवान मात्र होइन शान्तिका दूत भगवान बुद्धलाई समेत मासुको प्रचारमा ल्याएको छ, यसमा हाम्रो समाजको ध्यानाकर्षण हुनु जरूरी छ,’ उनले भने।
बिज्ञापन यस्तो छ ...