सात समुन्द्र पारी पनि नेपालीकै देश अनि आफ्नै भेष । फरक यति हो नेपालमा धेरै ठाँऊ चहार्नुपर्ने कुरा यता भने एउटै घरभित्र पाइने।
शैक्षिक परामर्श होस वा अध्यागमन सेवा ,एकाउन्टिङ या बैंकको ऋण अथवा पढाइ। यी सबै चिज एउटै कार्यालय भित्र सेवा पाउनु सबैका लागि सहज मात्र होइन सुविधाको विषय पनि हो ।
यतिखेर नेपाली समाज फैलिदै जाँदा अस्ट्रेलियामा पनि नेपालीहरुको बिजनेश ब्यापारले फस्टाउने मौका पाएको छ। हुन त ग्राहकहरू नेपाली मात्र छैनन् र हुन्नन् पनि तर पनि हाम्रो भाकामा र भाषामा गफ गर्दै बिदेशमा काम गर्न र गराउन पाउनु पक्कै पनि खुसीको विषय पनि हो ।
नेपाली समाजका केही अगुवाको अगुवाइमा यतिखेर सिड्नीको रकडेलमा सी फोर बिजनेशको प्रारम्भ गरिएको छ। न्यु साउथवेल्सका महाबाणिज्यदूत दीपक खड्काले एक कार्यक्रम बिच सी फोर बिजनेशको उदघाटन गरे।
उनले नेपाली समाजले उपस्थितिमा मात्र नभइ ब्यापार र ब्यवसायमा पनि फड्को मारेको बताए। अस्ट्रेलियामा नेपालीहरुको संख्या बढदै गर्दा उन्नती र प्रगतीका समाचार पनि थपिदै गएको बताए।
सी फोर अन्तर्गत शैक्षिक तथा अध्यागमन परामर्शका राइट एन्ड एशोसिएट्स, मोर्गेज एन्ड फाइनान्समा सक्सेस मोर्गेज ,आइएलटीस,टोफल आदी पढाइमा प्रोग्रेशिभ स्टडी सेन्टर अनि एकाउन्टीङमा आरटुएम एकाउन्टीङ एन्ड ट्याक्सेसन रहेका छन्।
कार्यक्रममा राइट एन्ड एशोसिएटका निर्देशकद्धय पीआर अधिकारी तथा बालचन्द्र भट्टराई, सक्सेस मोर्गेनका नन्द गुरुङ, आरटुएमका रविन्द्र श्रेष्ठ, मछिन्द्र केसी र ऋषी सापकोटा तथा प्राग्रेसीभ स्टडिजका डा एरिक श्रेष्ठले सबैको लागि र सहजताको लागि संयुक्त रुपमा वन स्टप सलुसन अवधारणा अगाडि बढाइएको बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष मन केसी ,गोवा कटुवाल लगायतले डायस्पोरामा नेपाली समाजको उन्नती र प्रगतीको कथा सुन्न पाउनु खुसीको बिषय बनेको बताए।
प्रारम्भमा नेपालीहरु अस्ट्रेलिया आउँदै गर्दा परामर्श लिन समेत गाह्रो भएको सम्झना गर्दै एनआरएनका पूर्वप्रवक्ता मन केसीले भने, ‘अहिले एउटै ढोकामा छिरेपछि नेपाली भाषा बोल्दै सबै सेवा पाइन्छ। यही नै हो हाम्रो प्रगती र उन्नती।’
कार्यक्रममा राइट एन्ड एशोसियटसमा पीआर अधिकारीले सेवामुलक ब्यवशायकर्मीहरुको आपसी भाइचारा र नेपालीका लागि नेपालीद्धारा सहज वावावरणमा एउटै ढोका भित्र आवश्यक सेवा उपलब्ध गराउने आफूहरूको उद्धेस्य रहेको बताए।