नेपालको उन्नती र प्रगती अनि अस्ट्रेलियासँगको आपसी सम्वन्धमा जोड दिँदै अस्ट्रेलियाको लागि नेपालकी राजदूत लक्की शेर्पाले यहाँ रहेका महाबाणिज्यदूतहरू सम्मिलित भेलाको आयोजना गरिन्।
भेलामा नेपाल र अस्ट्रेलियाबीचको आपसी सम्वन्ध बिस्तार अनि आयात निर्यातको सम्भावना र लगानीको अवसरका विषयमा परामर्श भएको दूतावासले जनाएको छ।
नेपाल र अस्ट्रेलियाका शहरबीच भगीनी सम्वन्ध कायम गर्ने र आपसी सदभाव र सहयोग बृद्धिमा अगाडि बढ्ने विषयमा ब्यापक छलफल गरिएको थियो। खेल कुटनीतिको माध्यमबाट नेपाल अष्ट्रेलियाको सम्बन्धलाई मजबुत बनाउँदै लैजाने, दुई देशबीच सांस्कृतिक कार्यक्रमहरु आदान प्रदान गर्ने र उच्चस्तरीय राजनीतिक, शैक्षिक व्यापारिक भ्रमणहरु आदान प्रदान गर्ने विषयमा बैठकले पहलकदमी गर्ने निर्णय गरेको छ।
बैठकमा न्यू साउथ वेल्स र भिक्टोरियाका महावाणिज्यदूतहरु दीपक खड्का र चन्द्र योञ्जन तथा दक्षिण अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्वीन्सल्यान्डका वाणिज्यदूतहरु क्रमश दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमाको सहभागिता थियो ।