मातृभूमी यतीबेला संकटमा परेको छ। देशमा बिपत परेको बेला सहयोगमा जुट्नु गैर आवासीय नेपालीहरुको कर्तब्य हो। देशमा केही दिनदेखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोबाट धेरै जनधनको क्षति भएको छ।
यस्तो बिसम परिस्थितिमा आफ्नो ठाउँबाट सकेको आर्थिक सहयोग जुटाएर बढीपीडित जनताको उद्धारमा जुटनका लागि एनआरएन अष्ट्रेलियाले नेपाली समुदायमा अपील गरेको छ । तराईका धेरै जिल्लाहरु बाढी र डुबानमा परेका छन् । ४५ जनाभन्दा धेरैले ज्यान गुमाइसके भने त्यति नै संख्यामा बेपत्ता छन् । यतिबेला मातृभूमीलाई हाम्रो सानो-सानो सहयोगको जरुरी छ। हजारौं दाजुभाई दिदीबहिनीहरु घरबारविहीन भएका हृदयबिदारक तस्वीरले हाम्रो मन रोएको भन्दै एनआरएन अस्ट्रेलीयाका महासचिव नारायण कोईरालाले सबैलाई सकेको सहयोग गर्न आग्रह गरेका छन्।
‘गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोषको स्थापना गरेको छ। अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्टलगायत संघका पदाधिकारी साथीहरुले पनि बैठकमै सहयोग घोषणा गरिसक्नुभएको छ,’ उनले भने,‘यसका लागि एन आर एन ए अष्ट्रेलियाले पनि आकस्मिक बैठक मार्फत अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली तथा नेपाल र नेपालीप्रति सद्भाब र माया गर्ने व्यक्ति तथा संघ सस्थाहरुलाई सहयोगको लागि हार्दिक अपिल गरेको छ।’
एन आर एन ए अष्ट्रेलियाले एनआर एन ए आइ सि सी सँग समन्वय गरेर प्राप्त रकमको सहयोग प्रभाबकारी ढंगले उपयोग गर्ने उनले प्रतिबद्दता जाहेर गरे।
बाढीपीडितका लागि प्रतिबद्धता गरेको रकम गैरआवासीय नेपाली संघको खातामा जम्मा गरिदिन कोइरालाले अनुरोध गरे।