पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली जनताले अधिकारको धेरै लडाई लडिसकेकोले अब देश विकासको लडाइ लड्ने बेला आएको बताएका छन्। प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आयोजनामा सिड्नीमा आयोजित अन्तर्क्रियामा सहभािग हुँंदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने ‘जब प्रवासमा शिक्षीत र बौद्धिक नेपालीहरुको हैसियत देख्छु तब मन प्रफुल्ल हुन्छु तर सँंगसँंगै नेपालको युवा पीढी र दक्ष जनशक्ती बिदेशिएको अर्को पीडाले सताउने गर्छ।’
हामीले देशमा थुप्रै लडाइ लड्यौ , प्रजातन्त्रका लागि अनि अधिकारका लागि अब देश समृद्ध बनाउने लडाइ लड्नु अहिलेको आवश्यकता हो। यसो गर्न सकेमा मात्र हाम्रा कर्णधारहरुले देशकै माटोमा आफ्नो ज्ञान र बुद्धी अनि शिपको प्रयोग गर्न पाउने छन्। इस्ट टिमोरको औपचारिक भ्रमण पछि अस्ट्रेलिया आइपुगेका नेता नेपालले दक्षिण कोरियाको उदाहरण दिदै भने, ‘सत्तरीको दशकमा कोरियनहरु कमाउन बिदेशीन्थे अहिले बिदेशीहरु कमाउन कोरिया जान्छन्।’
मुलुकको समग्र आर्थिक विकासका लागि हामी सबै लागि पर्ने हो भने यो केही वर्षमै नया पीढीले सम्भावनाको ढोका खोल्न बिदेसिनु नपर्ने नेपालले बताए। हामीले विकासको अवधारणा र प्राथमिकतालाई एकैसाथ र एउटै स्वर मिलाएर अगाडि बढ्ने हो भने थोरै वर्षमा देशले काचुँंली फेर्न सक्छ। हरेक प्रधानमन्त्री आएर शिलन्यास मात्रै गर्ने हो भने त्यसमा केहि भन्नु छैन तर सडक यातायात ,रेल मार्ग र हवाइ यातायातको विकास र निमार्ण अहिलेको पहिलो प्राथमिकता बन्नु पर्दछ,’ नेपालले भने।
अहिले पनि कृषि प्रधान मुलुकका रुपमा देशलाई अगाडि बढाउनु पर्नेमा नेपालले जोड दिए। उनले भने, ‘आधुनिक कृषि मुलुकको अर्थतन्त्रको आधार बन्न सक्छ। बंगुर र गाइपालनको उदाहरण दिदै नेपालले महिनाको लाखौ कमाउने कृषकहरुको दिगो विकासमा राज्य गम्भीर भइदिने हो भने एक तिहाइ युवा बिदेशीने रोगवाट मुक्त हुने बताए। अन्तमा नेपालले सकरात्मक सोच र विश्वासको आधारमा राजनीतिक दलहरुले राज्यको नीतिनिमार्णमा एक भएर अगाडि बढेको खन्डमा मात्र देशले गरिबीबाट मुक्ति पाउने बताए।
फूलको आँखामा फूलै संसार काँंडाको आखाँंमा काडै संसार भन्ने गित सुनाउँदै नेपालले भने, ‘प्रवासमा रहनुभएका सबैलाई सिकेको ज्ञान ,शिप र पुजीलाई थोरै भए पनि देस विकासमा लगानि गर्नुहोस् मुलुक समृद्ध हुने पक्का छ।’
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले फस्टाउँदो समाजका रुपमा परिचित नेपालीहरुले अस्ट्रेलियाका भिन्न क्षेत्रमा आफ्नो गतिलो पहिचान बनाएको भन्दै खुसी प्रकट गरिन्। उनले यीनै शिप र ज्ञानलाई नेपालको बिकासमा लगाउन सके सुनमा सुगन्ध हुने बताइन्। कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले पूर्वप्रधानमन्त्री नेपाललाई अस्ट्रेलियामा स्वागत गर्दै मुलुकको विकास निमार्णमा एनआरएनको सहयोग र सदभावमा कमी नआउने बचनबद्धता प्रकट गरे।
प्रवासी नेपाली मन्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्युसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, अस्ट्रेलिया भ्रमणमा रहेका महाबिर पुन लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
नेपाललाई एनआरएन न्यु साउथवेल्सकोतर्फवाट उपाध्यक्ष नन्द गुरुङ र प्रवासी नेपाली मन्चकोतर्फवाट मायाको चिनो समेत प्रदान गरिएको थियो।