कोरियाली प्रायद्विपमा दुइ कोरिया बीच तनाब चुलिदै गर्दा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंम्पले दक्षिण कोरियाको औपचारिक भ्रमण गर्ने भएका छन्। आउदो नोबेम्बर ७ तारिख देखि २ दिने औपचारिक भ्रमणको लागि मिति तय भएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन्।
राष्ट्रपति मुन जे इनको नेतृत्वमा सरकार गठन भएयता राष्ट्र प्रमुखको भ्रमण यो पहिलो हो। ट्रंपलाइ कोरियामा उच्च सम्मान गरिने बताइएको छ। कोरियाली इतिहासमा अमेरिकी रास्ट्रपतिको औपचारिक भ्रमण २५ बर्ष पछीको पहिलो हो। यसभन्दा पहिला सन सन् १९९२ मा जर्ज एच डब्लु बुसले राज्य भ्रमण गरेका थिए।
दुइ कोरिया बीच तनाब बढिरहेको बेला राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमण लाइ निकै महत्वका साथ् हेरिएको छ। करिब १ महिना पहिला संयुक्त राष्ट्र संघको महासभामा बोल्दै राष्ट्रपति ट्रंपले उत्तर कोरियालाई ध्वस्त पार्नुको बिकल्प नरहेको बताएका थिए।
रास्ट्रपति ट्रंपको दक्षिण कोरिया भ्रमणको मुख्य एजेन्डा भने उत्तर कोरियाको आणविक कार्यक्रमलाइ रोक्न दुइ देश बिचको नीतिलाइ थप प्रगाड बानाउनु रहेको श्रोतको दावी छ। हाल कोरियाली प्रायद्वीपमा अमेरिकी तथा दक्षिण कोरियाली लडाकु सैनिकले संयुक्त रुपामा सैन्य अभ्यास गर्दै आइरहेका छन्।