अमेरिकी बिदेश बिभागले आउने डिस्म्वर ३१ वाट लागु हुने गरी अमेरिका युनेस्कोवाट बाहिरिने घोषणा गरेको छ। युनेस्कोभित्र बढदो बिवाद तथा इजरायल बिरोधी गतिविधि लगायत अन्य कुरामा राय मिल्न नसकेका कारण अमेरिका युनेस्कोमा रहिरहन नसक्ने घोषणा गर्दै बाहिरन लागेको बताएको छ।
'अमेरिकन बिचार, दृष्टिकोण र बिशषेज्ञताका लागि गैर सदस्यिय परिवेक्षकका रुपमा भने अमेरिका रहनसक्ने छ।' अमेरिकाले गरेको यो घोषणासँगै युनेस्कोमा बजेटको समेत अभाव हुन सक्ने बताइएको छ। युनेस्कोले बजेट अभावका कारण धेरे कृयाकलापहरु बन्द गर्नुपर्ने यसअघि नै बताइसकेको थियो। अमेरिकाको यो घोषणासगै युनेस्कोलाइ बजेटअभाव बझ बढन सक्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनेस्कोलाइ दिइदै आएको बजेटबारे पहिल्यै आलोचना गरिसकेका छन। अमेरिकाले मात्र हरेक वर्ष युनेस्कोलाइ ८ करोड डलर सहयोग दिदै आएको थियो।