डिभी लट्री २०१९ मा प्राविधिक समस्या आएका कारण सन २०१९ को डीभी लट्री फारम भरिसकेकाहरुलाइ पुन फारम भर्न अमेरिकन दुतावासले आग्रह गरेको छ। यसअघि अक्टुवर ३ वाट डिभी चिठ्ठा भर्न सकिने समय तोकिएको थियो। प्राविधिक कारणले गर्दा यसअघि भरिएका फारमहरु रद्द हुने बताउँदै दूतावासले पुन फारम भर्न आग्रह गरेको हो।
'प्राविधिक कारणले यस अघि भरीएका फारमहरु मान्य नहुने भएका कारण अक्टुवर १८ वाट पुन फारम भर्न हामी सबैलाइ आग्रह गर्दछौ र यसका लागी पर्न गएको असुविधाप्रति हामी दुखी छौ।' अमेरिकन दुतावासले बताएको छ।
अक्टुवर १८ वास सुरु भएको फारम भर्ने अवधी नोभेम्वर २२ सम्म रहेको समेत दुतावासले बताएका छ।
'प्राविधिक कारणले नयाँ समय तोकिएको भएपनि डीभिकालागी योग्यताहरुमा भने कुनै फेरवदल गरिएको छैन।' दूतावासले अगाडी बताएको छ।