अमेरिकास्थित न्युयोर्कमा भएको सयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको निर्वाचनमा निर्वाचनमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। आइतवार भएको निर्वाचनमा नेपालले सबैभन्दा बढी १६६ मत ल्याएको थियो।
मानवअधिकार परिषदको सदस्यमा एसिया प्रशान्त क्षेत्रवाट नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान बिजयी भएका छन। संयक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा चार सदस्य एसिया प्रशान्तक्षेत्रवाट रहने ब्यवस्था अनसार भएको निर्वाचनमा मलेसियाले हार बेहोरेको थियो।
निर्वाचनमा नेपाललाइ १ सय ६६ देशले समर्थन गरेका थिए भने कतारलाइ १ सय ५५, पाकिस्तानलाइ १ सय ५१ र अफगानिस्तानलाइ १ सय ३० मुलुकले मतदान गरेका थिए। नेपाल पहिलोपटक यसरी सम्मानित मतदान सहित निर्वाचन भएको हो। मानवअधिकार प्रति प्रतवद्दता जनाउनकालागी यो मन्च महत्वपुर्ण मानिन्छ।