अमेरिका, एनआरएन अभियानमा झण्डै दशक खर्चेका क्षेत्रिय संयोजक सोनाम लामा र एनआरएन अमेरिकाका पूर्व अध्यक्ष भैसकेका कानून व्यवसायी खगेन्द्र क्षेत्रीले केन्द्रिय उपाध्यक्षमा आ आफ्नो उमेद्धवारी दिने घोषणा गरेका छन्। तर उनीहरुको उमेद्धवारीलाई लिएर अमेरिकामा रहेका एनआरएनहरु आशावादी कम र वढि निराशावादी देखिए।
एउटै पदमा दुवैजना देखिनु र त्यसमा पनि राजनीतिक छवि वनाएर प्रतिश्पर्धामा उत्रिनुले धेरैमा निराशा थपेको वताईन्छ। एनआरएन अमेरिकाको नेतृत्व सम्हालिसकेका कानून व्यवसायी खगेन्द्र क्षेत्रीको राजनीतिक पृष्ठभूमिलाई गैरराजनीतिक छवि वोकेका भनिएका क्षेत्रिय संयोजक लामाको पार्टी प्रवेसले एनआरएन अमेरिकामा ठूलै चर्चा पाएको छ।
यो चर्चाले एकातिर एनआरएन अमेरिकाको केन्द्रिय चुनावमा सहभागितालाई पुरै असर पार्ने देखिन्छ भने अर्कोतिर एनआरएनएको गैरराजनीतिक भविश्यलाई थप अन्यौलमा धकेलिदिएको छ। एनआरएन अमेरिकाको लागि दुवै व्यक्तिहरु आवश्यक देखिन्छन् तर एउटै पदमा एकैसाथ लडनु र निर्वाचनको दौरानमा राजनीतिक छविलाई उदागो पार्नु उनीहरुको कमजोरी मानिन्छ।
चुनावको मुखमा काँग्रेसमा प्रवेश गरेर उत्तरअमेरिकी क्षेत्रका संयोजक लामाले आफ्नो मात्र होइन एनआरएन अमेरिकाको गैररानीतिक छविलाई थप धुमिल्याएका छन्। नेपालदेखि अमेरिकासम्म विभाजित नेपाली कांग्रेसका दुई गुटहरुमा उनीहरु विभाजित देखिएका छन्। जनसम्पर्क समिति अमेरिकाको पूर्व संयोजक समेत रहिसकेका क्षेत्री वर्तमान अध्यक्ष जो माउपार्टी शेरबहादुर देउवासँग नजिक छ त्यसमा देखिएका छन् भने लामा अर्कोपक्ष अमेरिकामा विष्णु सुवेदी निकट नेपालमा रामचन्द्र पौडेलसँग नजिक भएर देखिए।
अमेरिकामा रहेका राजनीतिक व्यक्तिहरुको आ आफ्नो प्रभावमा रहेका जिसी र लामा नेपालमा पनि त्यसरीनै दुई खेमामा वाँडिएका छन्। अव संस्थाभित्रको चुनावमा पनि उनीहरु यसरीनै वाँडिनेछन्। जसअनुसार लामाको सल्लाहमा केन्द्रिय नेतृत्वको लागि उमेद्वार वनेकी घले पत्नी जमुना घलेसँग लामा आफै हुनेछन भने अध्यक्ष पदका अर्का उमेद्वार भुवन भट्टको पक्षमा जिसी देखिने छन्। यसले सवैभन्दा वढि सदस्यहरु रहेको एनआरएन अमेरिकाका मतदाताहरु दुईपक्षमा वाँडिनेछन जसले उनीहरु दुवैको सम्भावित विजयलाई अनिश्चितातिर धकेलेको छ। यससँगै झण्डै अध्यक्षका उमेदवार वनिसकेका वर्तमान उपाध्यक्ष कुमार पन्त उपाध्यक्षमा दोहोर्याउनुले एकको हार निश्चित देखिएको छ।
त्यसो त अघिल्लो पटकको निर्वाचनमा एउटै पद क्षेत्रिय संयोजकमा भिड्ने दुवैको तयारीले एनआरएन अमेरिकाभित्र ठूलै भैचालो गएको थियो। तर पछि एक जना लामा आरसी र क्षेत्री केन्द्रिय उपाध्यमा उमेदवार वनेपछि त्यो विवाद केहि समयका लागि टरेका थियो। लामा संयोजकमा निर्वाचित भएपनि क्षेत्रीले चुनाव हारे।
चुनाव जितेर आरसी वनेका लामा केन्द्रिय अध्यष शेष घलेको निकट रहेर सक्रिय भैरहे भने जिसी पनि नेपालको सरकारको मूल्याडकनमा सोही संस्थाको सल्लाहकार भएर सक्रिय भए। एनआरएनएको स्थानिय स्तरमा दुवैले आ आफ्नो पक्षमा यहाँको एनआरएन समुदायमा प्रभाव देखाउदै गएका छन्। पछिल्लो पटकको एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष डा केशव पौडेलको पक्षमा लामा उभिएका थिएभने क्षेत्री अध्यक्षमा पराजित कृष्ण पोखरेलको पक्षमा खुलम्खुल्ला देखिएका थिए। विवाद र आलोचनामा पनि देखिने दुवै जना एनआरएन अमेरिकाको अभियानमा यी दुवै व्यक्तिहरुको सक्रियतालाई निस्कृय पार्न सजिलो छैन। एनआरएन अमरिकाको नेतृत्वमा आईसकेका सफल कानूनी व्यवसायि र पुराना पुस्ताका व्यक्तिको रुपमा छन्।
यता व्यापार व्यवसायमा जमेका लामा एनआरएनए अभियानमा तुलनात्मक रुपमा लामो समय आवद्ध भएकाले पनि उनलाई अभियानबाट छिटै विदाई गर्न कठिन देखिन्छ। एक जनाको हारले एनआरएन अमेरिकामा असर पारिरहनेछ किनकी दुवै अमेरिकामा परिचित व्यक्तिहरु मानिन्छन्।
निर्वाचनमा सवैले प्राजातान्त्रिक अभ्यास गर्न पाउने स्वतन्त्रता छ तर समयमै लामा र क्षेत्रीमा एकले अर्काको लागि उदार वने एनआरएन अमेरिकाको प्रतिधित्व पहिलो पटक कायम हुनेछ। यसको लागि विकल्प एक जनाले अर्को कुनै पद रोज्न पनि सकिन्छ। जसले एनआरएन अमेरिकाको सहभागितालाई यसपटक सुनिश्चित गर्नेछ। गैरराजनीतिक छवि निर्माण गर्नुपर्ने जिम्मेवारी त छदैछ।