२० साता भन्दा पछाडी कुनै पनि बच्चा गर्भपतन गर्न नपाउने नियममाथी कंग्रेसल मतदान गरेको छ। रिपब्लीकन सांसादले गरेको रिटमाथी सांसादहरुले मतदान गरेका हुन। २० साता भन्दा पछाडीका कुनै पनि हालतमा गर्भपतन गराउन नपाउने नियम 'पेन-क्यापेवल अनवान्ट चाइल्ट प्रोटेक्सन एक्ट' माथी भएको मतदानमा कांग्रेसका २३७ सांसदले मतदान गरेका थिए भने यसको बिरोधमा रहेका डेमोक्रयाटका १८९ सांसदहरुले मतदान गरेका थिए।
२० सातापछी बच्चाले दुखाइ महसुस गर्ने हुँदा यो नियम ल्याइएको रिपब्लीकन पार्टीले बताउँदै आएको छ भने डेमोक्रयाट पार्टीका नेता तथा कार्यकर्ताहरुले यसको बिरोध गर्दै 'महिनाले चाहेको खण्डमा जतिसुकै बेला गर्भपतन गराउन पाउनु पर्ने' बताउँदै बिरोध गरेका छन। 'यो महिला अधिकारमाथीको ठूलो आक्रमण' बताउँदै डेमोक्रयाट पार्टीका नेताहरुले बताएका छन।
संसादवाट पास भएर आएका ह्वाइट हाउसले यसलाइ मंजुरी दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले बताइसकेका छन। नयाँ कानुन अनुसार २० साता भन्दा पछाडी गर्भ पतन गराउने डाक्टर लगायत संलग्न सबैलाइ अपराधिक क्रियाकलापमा मुद्दा चलाइने छ। नयाँ कानुन अनुसार दोषिलाइ ५ वर्ष सम्म जेल सजाय पनि हुन सक्ने बताइएको छ।