याहुले सन २०१३ मा सबैभन्दा बढी डाटा चोरी भएको खुलासा गरेको छ। याहुले बाहिर ल्याएको तथ्य अनुसार २०१३ मा मात्रै ३ अरब एकाउन्टका ब्यक्तिगत सूचना चोरी गएको थियो। अमेरिका अदालतहरुमा याहुका बिरुद्द ४१ वटा मुद्दा चलाइएका छन। याहुको बारेमा बाहिरिएको अर्को तथ्यले याहुमाथी अर्को दवाव बढन सक्ने बताइएको छ।
याहुले सन २०१३ मा एक अरब डाटा चोरी भएको बताएको थियो जसकार कारण कम्पनिको मुल्यमा समेत गिरावट आएको थियो। याहुका वकिलहरुले बताए अनुसार यो समाचारसँगै कम्पनिमाथी सेयर होल्डरलगायत सरकारी पक्षवाट समेत दवाव बढने सम्भावना रहेको छ।