अमेरिकको लसभेगसमा भएको म्युजिक कन्सर्टमा अन्धाधुन्ध चलाइएको गोली आक्रमणबाट मर्नेको संख्या ५८ पुगेको छ भने घाइतेको संख्या ५ सय भन्दा बढी हुन सक्ने अधिकारीहरुले बताएका छन। गए राती लसभेगसको भेन्टली बे होटलको आँगनमा म्यजिक कन्सर्टमा जम्मा गएका करिव २२ हजार ब्यक्तिहरुको भिडमा उक्त होटलको ३२ औँ तलाबाट गोली हानिएको थियो।
प्रहरीले जनाए अनुसार भिडमा गोली चलाउने ६४ वर्षिय स्टिफन प्याडोक रहेको र उनले आफुलाइ पनि गोली हानेर आत्महत्या गरेको जनाइएको छ। अमेरिको इतिहाँसमै सबैभन्दा ठूलो आक्रमणमा रुपमा यसलाइ मानिएको छ। सन २०१६ मा फ्लोरिडाको नाइट क्वबमा भएको आक्रमण ४९ जनाको मृत्यु भएको थियो।
आक्रमणकारी आइएसआइसँग आवद्द रहेको आतंककारी संगठन आइएसआइएसले दावी गरे पनि लस भेगसका प्रहरी अधिकृत जोसेफ मेगार्दोले जनाए अनुसार आक्रमणकारी आतंककारी संगठनसँग आवद्द रहेको हो वा होइन भन्ने कुराको पुष्टि भैसकेको छैन। आएसआइएसले भने ६४ वर्षिय आक्रमणकारी स्टेफनले गएको एक महिना अघिमात्र धर्म परिवर्तन गरेर इस्लामि धर्म अपनाएको समेत दावी गरेको छ।
आक्रमणकारीसँग पाइलट लाइसेन्स पनि रहेको अधिकारीहरुले बताएका छन। बिहिवारबाट सोहि होटलमा वस्दै आएका आक्रमणकारीको कोठामा अन्य १० वटा राइफल भेटीएको सुरक्षा अधिकारीहरुले बताएका छन।