कवियत्री तथा गीतकार वसुधा नेपालसँग नेपालको राष्ट्रिय दिवस २०१७ मनाउने सिलसिलामा गत मंगलवार वाशिंङ्गटन डिसी स्थित एक कार्यक्रम स्थलमा जम्काभेट भयो। वसुधाले ब्रेष्ट क्यान्सरबाट उन्मूक्ती पाएको सुखद खवर मैले सुनेको थिएँ। सामान्य परिचय पश्चात उनीबाट लिखित तथा प्रकाशित 'स्पन्दन' नामक कविता सँग्रहको पुस्तक दिदै भनिन 'स्वदेशमा भन्दा बढी प्रवासमा देश दुख्ने रहेछ’। उनले उक्त पुस्तकबाट केही हरफ पढेर सुनाईनस्
आमासँग बस्नेलाई के थाहा ,
आमा बिनाको संसार कस्तो हुन्छ भनेर।
मुलुक भित्र बस्नेलाई के थाहा ,
गैर मुलुकमा आफ्नो मुलुक कति दुख्छ भनेर।
कवियत्री तथा गीतकार वसुधा नेपालको 'स्पन्दन' नामक कविता सङ्रहबाट साभार गरीएका माथीका हरफहरुले उनको अन्तरमनले देश प्रेम झल्काएको पाईन्छ। रौटहट, गौरमा जन्मिएकी वसुधा नेपाल अमेरिका स्थित नेपाली राजदुतावास, वाशिंङ्गटन डिसीका इकोनोमिक काउन्सलर श्री कैलाशराज पोखरेलकी धर्मपत्नी तथा नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालकी बहिनी हुन।
वसुधासँग गरीएको उक्त साक्षात्कारमा क्यान्सरको बिरामी परेको कठिन समयमा पनि वसुधाले देश दुखेको ब्यथा पोखिन। क्यान्सरसँग जुद्ध्धा छचल्किएको देशभक्ती गीत रिकर्ड गराउने इक्षा आएको वसुधा बताउछिन। आफ्नो ब्यथालाई सही अर्थमा पोख्न उनलाई एकदम कठिन भयो।
गीतमा आफ्नो भावना पोखिनु पर्ने अन्यथा गीतको मर्म मर्ने ब्यहोरा गायक स्वरुपराज आचार्यलाई बताईन। रिकार्डिंग गर्ने अघिल्लो दिन उनलाई किमो दिइएको रहेछ। किमो सकिए पछी स्वरुपलाई भनिन (भाई, यो गीत मेरो सामुन्ने आजै रेकर्ड गर्न पाए हुने। अन्तमा, क्यान्सरको उपचारका लागी उनलाई किमो दिईएको भोलीपल्ट नै 'मेरो देशलाई सन्चै छ की छैन' बोलको उनको देशभक्ती गीत रेकर्ड गरियो। उक्त गीतलाई टिका भण्डारीले संगीत भरे।
'म बाँचे या मरेू पनि कमसेकम मुलुकलाई एउटा भए पनि गीत दिन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो' कुराकानीको क्रममा उनले भन्दै थिइन। यतिखेर क्यान्सरबाट उन्मूक्ती पाई नयाँ जीवन सँग पनि कविता तथा काब्यहरु लेखनमा सक्रीय रहेको वसुधाले बताईन।
मेरो देश लाई सन्चै छ की छैन ,
भन्देउ न गाईने दाई मेरो गाउ घरको खबर्
सुनाई देउ गाईने दाई ।
कलधारा, ढुङे धारामा पानी आउछ की आउदैन्
मारुनी, रोदी टप्पा गाउछ्न की गाउदैनन
भोटे कोशी तामा कोशी
बिजुली बल्छन की बल्दैनन्
कम्लरी छाउपडि देशमा हट्याछन की छैनन ।
तिहारमा देउसी भैली आउछन की आउदैनन्
सारङी र मादलमा गीत गाउछन की गाउदैनन्
हिमाल पाहाड तराई एक ढिक्का छन की छैनन
नेपाली हुनुमा गौरव गर्छन की गर्दैनन ।
मेरो देशलाई सन्चै छ की छैन ,
भन्देउ न गाईने दाई मेरो गाउ घरको खबर्
सुनाई देउ गाईने दाई ।
भर्खरै मात्र यो गीतको भिडियो रिकर्डिंग गरेर नेपालमा टेलिभिजनहरुमा प्रसारण भईरहेको वसुधाको र यो गीत यूट्युबमा पनि हेर्न सुन्न सकिने छ।
https://www.youtube.com/watch?v=cr82Pp_HCc4