डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटीले अमेरिकामा रहेका सम्पुर्ण आप्रवासीहरुको सामाजिक संजाल कृयाकलाप संकलन गर्ने भएको छ। गएको साता प्रकासित गरिएको संघिय नयाँ कानुन पछी डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटीलेअमेरिकामा रहेका सम्पर्ण आप्रसीहरुको फेसबुक ट्वीटर लगायत अन्य सोसल मिडियाका कृयाकलापहरु संकलन गरिने कार्य अगाडी बढाएको बताइएको छ।
'ग्रीनकार्ड होल्डर, नेचुर्लाइजेजसमार्फत अमेरिकन नागरिकता प्राप्त गरेका ब्यक्ति लगायत सम्पुर्ण आप्रवासीहरुको सामाजिक संजाल कृयाकलाप संकलन गरिने' नयाँ कानुनमा बताइएको छ। अक्टुवर १८ वाट लागु गरिने नयाँ कानुनु अनुसार अमेरिकन नागरिकले सामाजिक संजालमा सरकार तथा अमेरीकाको बारेमा गरिने कृयाकलापहरु संकलन गरिने छ।
डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटीले सन २०१७ को प्रकासित गरेको रिपोर्टमा 'अमेरिकामा रहेका आप्रवासीहरुको सोसल मिडियाका कृयाकलापहरु संकलन गरिने बताएको थियो। गएको मे महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको ५ वर्षमा सामाजिक संजालमा गरिएका कृयाकलापको बारेमा खोजविन गरेर मात्र अमेरिकन भिसा दिने नियमप्रति सकारात्मक रहेको बताएका थिए।