एनआरएनए अमेरिका कार्यनीति अन्य मुलुकको भन्दा अलिकति फरक छ। काम गर्नेहरुलाई कहिल्यै भलो मान्छे नभन्ने रोगबाट ग्रसित छ एनआरएनए अमेरिका। यसमा दोस म कसैलाइ दिन चाहन्न। हामीले यो रोग बोकेर ल्याएका छौं। यसमा म पनि दोसी छु। हामी सबै दोसी छौँ।
सबैभन्दा बढी बिवादको थलो बनेको एनआरएनए अमेरिकाको यो भाँडभैलोमा म पनि समाहित छु। अघिल्लो कार्यकालमा म उपाध्यक्ष थिएँ। अध्यक्षका लागि नयाँ कार्यकालमा चुनाव लडें। अमेरिकामा बसोवास गरिरहेका धेरै साथीहरुले मलाई माया गर्नु भयो। भोट हाल्नु भयो। यसका लागि एनआरएनए अमेरिकामा सदस्य १५ हजार र सदस्य बन्न नसकेका लाखौ गैरआवासीय नेपालीप्रति म आभारी छु।
निर्वाचनमा उठ्नु भनेको जित्नुमात्र होइन। प्रजातान्त्रिक अभ्यास पनि हो। हामीले प्रवासमा प्रजातान्त्रिक अभ्यासको प्रयास गरिरहेका छौं। यो ठूलो उपलब्धि हो। यसपालिको निर्वाचनमा मैले प्रजातान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन चुनाव लडें। ५ सय भोट कमले मात्र पराजित भए। तर म पराजय भएको मान्दिन। निर्वाचन कमिटी हाम्रा साथीहरुका खराव चरित्रकै कारण म हारेँ भन्छु म। हारेको होइन हराइयो।
निर्वाचन सकिएपछि अमेरिकामा छैटौ साधारण सभा सम्पन्न गर्ने मलाइ जिम्मेवारी दिने निर्णय भयो। निर्वाचनमा हार जित भइरहन्छ। कसरी गलत तरिकाले हराउन लगाइयो भन्ने कुराका यठेष्ठ प्रमाणहरु मसँगै छन। मौका मिलेकोबेला म यो सबै सार्वजानिक गर्ने नै छु। हामी बिचको लडाइले एनआरएनए कमजोर हुनुहुँदैन भन्ने मेरो जिकीर छ। मैले सुरुदेखि भन्दै आएको एउटै कुरा पनि यही हो -हाम्रो जुँगाको लडाइका कारण एनआरएन कमजोर हुनुहुँदैन। र पनि जानि नजानि हामीले जुँगाको लडाइकै कारण एनआरएन कमजोर बनाउन खोजिरहेका छौ।
४ दिनमा अमेरिकामा साधारण सभा गर्न सजिलो काम होइन। मैले यसलाइ गर्ने भनेर स्वीकारे र सम्पन्न पनि गरेँ। संगठनभित्र एक जना पनि यो कार्यक्रमलाइ सफल पार्न भनेर निस्किएनन्। बरु कसरी हुन्छ 'रविनालाई फ्लप बनाउन पर्छ' भन्नेतिरै लागे।
साधारण सभा सम्पन्न गर्न कमिटीहरु बनाइन्थे। १ महिना दिन भन्दा बढी समय लगाएर हल्ला खल्ला गरेपछि मात्रै मुश्किलले साधारण सभा सम्पन्न हुन्थ्ये। यसपालि कसैले केहि सहयोग नगर्दा पनि मेरो एक्लो प्रयासले सम्पन्न गरे। यो कुराको जानकार डा केशव पौड्याल मात्र होइनन्। सबै साथीहरु जानकार छन्।
यो छोटो समयमा मलाइ जसरी धेरै जनाले साथ दिनुभयो तपाइँहरु सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष गरि गैर आवासिय नेपाली संघका अध्यक्ष डा शेष घले, उपाध्यक्ष कुमार पन्त महासचिव डा बद्रि के सी, महिला संयोजक सपिला राजभण्डारी, क्षेत्रीय संयोजक सोनाम लामा, क्षेत्रीय उपसंयोजक एसी शेर्पा तथा आइसी सदस्य जमुना गुरुङ धन्यवादका पात्र हुन।
४ दिनमा सम्पन्न गरेको मेरो कामलाइ धन्यवाद भन्दापनि फेरी खुट्टा तान्र पछार्नेहरुनै सक्रिय भए। भित्र के भयो र पनि मैले कसरी कार्यक्रमलाइ सम्पन्न गर्न सके भन्नेकुरा राख्न चाहन्छु।
१. यो सभा गर्नको लागि मलाइ प्रचार गर्न संस्थाको वेबसाइट, सोसियल मिडिया र प्रचार गर्ने टिमले एकदिन पनि साथ दिनुभएन। मैले छुट्टै संचार जगतका साथीहरुलाई सम्पर्क गर्नुपयो।
२. अध्यक्ष डा केशब पौडेलज्यूलाई एजेन्डा फाइनल गर्न बोर्ड बैठक बोलाइदिन अनुरोध गर्दा मान्नु भएन। फेरि पनि सहमतिमा निर्णय एउटा कुरा निर्णय हुने र उहाँको आफ्नै एक्सेस रहेको सँस्थाको इमेलबाट सुचना भने अर्को पठाउने काम गरियो।
३. अध्यक्ष डा केशब पौडेल र म सहमत भएको साधारण सभाको एजेन्डामा मलाइ मिडियामा पठाउन भनियो। अनि सँस्थाको आधिकारिक साइटबाट भने अर्कै एजेन्डा मेरै नाममा पठाउने काम भयो। यसले मेरो वदनाम भएको महशुष गरे। र पनि मैले केही पनि भनिन। अन्तिम घडिमा किन विवाद गर्नु भनेर सहेर बसे।
२. सभा सुरु हुनुभन्दा पहिला नै सफत ग्रहण गर्नुपर्ने जोडतोड र दवाब दिइयो। यो भनाइभित्र साथीहको खराव मनसाय थियो। मलाइ कन्भेनरबाट सुरुमै निकाल्न खोजिएको थियो। मैले त्यो कुरालाइ आधादिन सम्म धाने। आधा दिनपछि कार्यक्रमको स्वरुपनै बदलेर अर्कै बनाइयो। मलाइ कार्यक्रम संयोजनबाटै बाहिर पठाइयो।
३. एउटा साधारण सभा बिना एजेन्डा तय गरियो, मैले बोलिन। कार्यक्रमको बिचमा नै मलाइ औपचारिक बधाई दिएर सभाबाट विधा हुन भनियो।
४. यस्तो परिस्थितिमा आयोजना गरिएको सो ४ दिने सुचनाको साधारण सभामा पनि एउटा धन्यवाद सम्म दिन सकेनन डा केशव पौड्यालले। संघका अध्यक्ष डा शेष घलेले दिनुभएको धन्यबाद अमेरिकाकोको अध्यक्षले दिन नसक्ने पनि हुन्छ?
५. मैले सभामा स्वागत गर्ने कुरा पनि सेन्सर गरियो।
र पनि सभालाइ बिथोल्न मैले चाहिन। निर्वाचनलाइ अस्विकृति गर्न प्रस्ताब राखेर बहुमतबाट पास गराउन सक्थे, तर तेसो गरिन। सँस्थाको हितको लागि भनेर मैले दिन-रात एक गरेर सघाएर नै गएँ। र अन्तिममा चल्दै गरेको कार्यक्रम नै म वाट खोसेर लगियो। एनआरएनए भएको भित्री कुरा यहि हो।