हिजो मंगलबारदेखी शुरु भएको संयुक्त राष्टसंघको ७२ महासभामा भागलिन प्रधानमन्त्री शेरबहादुर देउवा न्युयोर्क आईपुगेका छन्। इत्तिहाद एयरलाइन्सबाट अबुधावी हुदै जोनअफ क्यानडी अन्तराष्टिय विमानस्थलमा आज बुधबार अपरान्ह आइपुगेका हुन्।
भ्रमण टोलीमा १९ जना रहेका छन्। १ सय ९३ देशहरु सहभागी हुने महासभामा प्रधानमन्त्री देउवाले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ। तर स्थानिय निर्वाचनका कारणदेखाई महासभामा ढिलोगरि गरिआईपुगेका प्रम देउवाले अमेरिकी राष्टपति डोनाल्ड टम्पसँगको भेट भने जुरेन।
मंगलबार शुरु भएको महासभामा राष्टपति टम्पले सम्वोधन पश्चात दिने रात्रिभोजमा प्रम देउवा नआईपुग्ने भएकोले सो भेट टरेको हो। निर्वाचन र संविधान दिवसका कारण आफु ढिला आईपुग्ने भएकाले भेट नहुने जानकारी प्रम देउवाले गराईसकेका थिए।
अमेरिका र ब्राजिलका राष्टप्रतिहरुको सम्वोधनबाट शुरु भएको महासभामा प्रम देउवाले शनिबार सम्वोधन गर्ने पालो छ। उच्चस्तरीय छलफलमा देउवाले आफ्नो संवोधनमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यन्वयन लगायतका विषयमा जानकारी गराउने कार्यक्रम छ।
प्रम देउवाले शनिबारका दिन राष्टसंघका महासचिवसँग दुईपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसवाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानस्तानका सरकार प्रमुख तथा राष्टप्रमुखसँग उच्चस्तरीय राजनीतिक भेट गर्ने कार्यक्रम रहेको छ। छिमेकी दुई ठूला देशहरु भारत र पाकिस्तानहरु उच्चस्तरको भेटघाटमा सहभागि छैनन।
उच्चस्तरको छलफलको प्रारम्भिक चरणका महत्वपूर्ण बैठकमा भने सोमबार अमेरिका आईपुगेका उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महरा सहभागि भएका छन्। पहिलो दिनमै योन दुराचार नियन्त्रणसम्वन्धी एक बैठकमा उपप्रधान तथा परराष्टमन्त्री महरा उपश्थित भएका थिए। तर राष्टपति टम्पको रात्रिभोजमा भने महराको उपश्थिति रहेन। भेटघाट प्रक्रियाका लागि समय अभावका कारण महराको राष्टपति टम्पसँगको भेटघाट टरेको वताईन्छ। सम्मेलनको क्रममा विश्वशान्तिको पक्षमा राष्टसंघको भूमिका, परमाणु हतियारको नियन्त्रण, असंलग्न आन्दोलन, अल्पविकसित मुलुकका समस्या, बालश्रमलगायतका महत्पूर्ण छलफलमा नेपालको सहभागिता रहनेछ।
महासभामा भागलिन न्युयोर्क आईपुगेका प्रम देउवालाई नियोग, महावाणिज्य दुतावासका अधिकारीहरुले स्वागत गरेका थिए। समितिका अध्यक्ष आनन्द विष्ट लगायतका समितिका पदाधिकारीहरुसहित एनआरएन अमेरिकाका प्रतिनिधिहरुले प्रम देउवालाई विमानस्थल पुगि स्वागत गरेका थिए। प्रम देउवाको प्रमुख अथित्यतामा न्युयोर्कस्थित महावाणिज्य दुतावासले आगामी शनिबार वेलुकी साढे ६ बजे भेटघाट कार्यक्रम राखेको छ। त्यसैगरि समितिले पनि प्रधानमन्त्री देउवाको उपश्थितिमा कार्यक्रम राख्ने तयारीमा रहेको समितिका अध्यक्ष आनन्द विष्टले वताए।