श्रेणी ५ को मानिएको विनाशकारी सामुन्द्रिक आँधी ‘इरमा’ ले उत्तरी क्यूवालाई क्षति पुर्याउँदै यतिबेला अमेरिकाको फ्लोरिडा राज्य तर्फ डरलाग्दो रूपले बाटो लिएको छ। ठूलो हावा हुन्डरी, भारी वर्षा तथा बढ्दो समुन्द्री छालले फ्लोरिडा राज्यमा बिनास गर्ने अनुमान गरिदै छ।
फ्लोरिडाका अधिकारीहरूले स्थानीय बासिन्दाहरूको घर घरमा गै मान्छेहरूलाई सुरक्षित स्थान तर्फ भगाएका थिए। सामुन्द्रिक आधिको बिनासबाट बच्न फ्लोरिडा छोडेकाहरुको भीडले उत्तरी क्षेत्र तर्फको हाईवेमा जाम भएको छ।
राष्ट्रिय हुरेकन केन्द्रका अनुसार शनिबार बिहान निरन्तर रुपले श्रेणी ४ को आधी १५५ माईल प्रति घन्टाले फ्लोरिडातर्फ उन्मुख रहेको छ।
[caption id="attachment_84387" align="alignnone" width="850"]
समुन्द्रीआँधी इर्मा फ्लोरिडा तिर बढ्दै गरेको नक्सा। शनिबार साँझ फ्लोरिडामा आइपुग्ने अनुमानका आधारमा ५० लाख भन्दा धेरै मानिसहरुले आप्नो घर तथा ब्यवसायहरु छोडेर अमेरिकाका अन्य राज्यहरु तथा फ्लोरिडाकै सुरक्षित स्थानहरुमा आश्रय लिइरहेका छन्।[/caption]
[caption id="attachment_84388" align="alignnone" width="850"]
अरु बेला निकै ब्यस्त रहने फ्लोरिडाको एक स्थान तर अहिले सुनसान छ।[/caption]
[caption id="attachment_84389" align="alignnone" width="850"]
फ्लोरिडाको मियामी स्थित आपतकालीन आश्रममा बसिरहेका हजारौं मानिसहरु।[/caption]
[caption id="attachment_84390" align="alignnone" width="850"]
सधै पर्यटकहरुले खचाखच रहने फ्लोरिडा स्थित मियामी विच।[/caption]
[caption id="attachment_84391" align="alignnone" width="850"]
अनिबार्य रुपमा खाली गर्नुपने सरकारी आदेश पछि मानिसहरुले आप्ना घर तथा पसलहरुमा काठको बार लगाएका छन्।[/caption]
[caption id="attachment_84392" align="alignnone" width="850"]
फ्लोरिडास्थित आपतकालीन आश्रममा बसिरहेका हजारौं मानिसहरु।[/caption]
[caption id="attachment_84393" align="alignnone" width="850"]
सधै पर्यटकहरुले खचाखच रहने तर अहिले सुनसान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार ए लागो रिसोर्ट।[/caption]
[caption id="attachment_84394" align="alignnone" width="850"]
मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने र अवतरण हुने सम्पूर्ण उडानहरु रद्द गरिएका छन्।[/caption]
[caption id="attachment_84395" align="alignnone" width="850"]
रेडक्रसले स्थापना गरेको सुरक्षित आश्रयस्थलमा बृद्धाहरु।[/caption]
[caption id="attachment_84396" align="alignnone" width="850"]
आप्ना घर तथा पसलहरु सुरक्षित पार्न काठ लगायत सामाग्री किन्दै फ्लोरिडाबासीहरु।[/caption]
[caption id="attachment_84397" align="alignnone" width="850"]
फ्लोरिडाबाट अन्य सुरक्षित स्थल तिर जाँदै फ्लोरिडाबासीहरु।[/caption]
तश्वीरहरु: एजेन्सी