श्रेणी ४ को मानिएको सामुन्द्रीक आधी 'इरमा' ले लेवार्ड टापु, भर्जिन टापु, र प्यर्टो रिकोमा विनाशकारी प्रभावहरु पार्दै बहामास तर्फ बाटो लिदै गरेको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ।
इरमाको बाटोमा विनाशकारी हावाहरू बिस्तारै बढ्दो रहेको, खतरनाक सर्फ, भारी वर्षा र बाढी सम्भव रहेको समेत राष्ट्रिय मौसम सेवाले जनाएको छ। दक्षिण फ्लोरिडा र फ्लोरिडा किजमा इरमा आधी बेरीका लागि सम्भावीत प्रवाभित क्षेत्र मानिएको छ।
इरमा आधी १ सय ५० माईल प्रति घन्टाका दरले आउँदै गरेको हुँदा यसको हावा 'एकदम खतरनाक' छ जसले रूखहरु ढलाउने क्षमता राख्छ्, बिजुलीका खम्वाहरु समेत ढलाउन सक्ने छ तथा गुणस्तरीय घरको फ्रेम, घरको छत तथा घर बाहिरको पर्खाललाई समेत नोक्सान गर्न सक्ने राष्ट्रीय मौसम सेवाले चेतावनी दिदै जानकारी गराएको छ।
राष्ट्रिय मौसम सेवाले फ्लोरिडाका लागि आफ्नो पहिलो हुराइकन सम्बन्धी चेतावनी गत राति जारी गर्दै स्थानीय बासिन्दाहरुलाई 'जीवनको रक्षा गर्नका लागि आफ्नो तैयारी पुरा गर्न्'आव्ह्वान गरेको छ।
ब्रेभोर्ड्, ब्रोवार्ड, कोलियर, इन्डियन रिवर, मार्टिन, मायामी -डेड, मोनरो, पाम बीच तथा सेन्ट जोनको काउन्टीसहित फ्लोरिडामा बाधा द्वीप, तटीय समुदाय, तल्लो इलाकामा बसोबास गर्ने तथा मोबाइल घरहरुका लागि अनिवार्य स्थान खाली गर्न आदेश जारी गरीको छ। उक्त आदेश बाट लगभग १२ लाख फ्लोरिडा निवासिहरुले आफ्नो स्थान खाली गर्नु पर्ने अनुमान गरीएको छ।
मौसम बिज्ञहरु भन्छ्न कि- एटलान्टिक क्षेत्रमा बिगत दस वर्ष यता इरमा जस्तो ठूलो तथा बिनासकारी समुद्री आधी देखिएको थिएन। यस आधीको रफ्तार २ सय ८५ किलोमीटर प्रति घन्टा छ।