जापानी क्षेत्रमा गरेको क्षेप्यास्त्र परीक्षणको प्रतिक्रिया दिदैं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘उत्तर कोरियाविरूद्ध सबै विकल्प खुल्ला’ रहेको बताएका छन्।
मंगलबार बिहानै जापानी सामुद्रिक क्षेत्र हुँदै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो।
ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उत्तर कोरियाली सरकारले तर्साउने र अस्थिरता निम्त्याउने कार्य गरेको उल्लेख छ। यो समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको पनि विज्ञप्तिमा उल्लेख छ।
यी सबका कारण अब कोरियाबिरूद्ध सबै विकल्प खुला रहेको ट्रम्पले बताएका समाचार संस्था टेलीग्राफले जनाएको छ।
क्षेप्यास्त्र प्रहारपछि कोरियालाई छलफलमा बोलाउन जापान र अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका थिए।