बुधबार मध्य राति प्रकाशित निर्वाचन कमिटिको अन्तिम सूचिमा पनि अध्यक्ष पदमा उमेद्वारी दिएका गौरी जोशीको नाम छुटेको छ। अध्यक्ष पदका लागी योग्यता नपुगेको वताउदै कमिटीले जोशीको नाम छुटाएको वताएको छ। सो पदका लागी एक कार्यकाल पुरा गरेको हुनुपर्ने र सो अनुरूप जोशीको संलग्नता नरहेको वताउदै आएको निर्वाचन कमिटीले अन्तिम सूचीमा उनको नाम छुटाएको छ। यस अघिनै जोशीको उमेद्वारीको विवाद केन्द्रमा पुगेपछि जोशी नेप्लिज कोर्डिनेसन काउन्सिल, न्याक नामक संस्थामा वसेर काम गरिसकेको र उक्त संस्था केन्द्रले मान्यता दिएकोले उमेद्वार वन्न मिल्ने भन्दै महासचिव वद्री केसीले विज्ञप्तिमार्फत वताएका थिए।
तर उक्त विक्ज्ञप्ति पनि विवादित वनेपछि केन्द्रीय अध्यक्ष शेष घलेले नै हस्तक्षेप रहित निर्णय गर्न एनआरएन अमेरिकालाई पत्राचार गरेका थिए। यससँगै जोशीको उमेद्वारीको विवाद समाधान गर्न आईसीसीले नै हेमराज शर्मा, दिलबहादुर गुरूड र विश्व आदर्श पण्डित गरि तीन सदस्सिय कमिटी गठन गरेको छ। सो कमिटीले एकहप्ता भित्र आफ्नो रिपोर्ट सार्वजनिक गर्ने र त्यतिन्जेलसम्मका लागी निर्वाचन प्रकृयालाई समायोजन गर्न अनुरोध गरेको थियो। तर लगत्तै निर्वाचन कमिटीले अन्तिम भन्दै सूची प्रकाशित गरेपछि निर्वाचन कमिटीको कृयाकलापमा थप शंका पैदा भएको पूर्व निर्वाचन प्रमुख विनोद रोकाले सेतोपाटीलाई वताए।
रोकाले आईसिसी विधानले अध्यक्ष पदको उमेदवारको लागी एक कार्यकाल पुरा गरेको भनेपनि अमेरिकाको विधानमा दुई वर्ष सदस्य भएको भनेको छ त्यसैले जोशीको उमेद्वारी अयोग्य भन्न नमिल्ने वताए। एनआरएन अमेरिकाको चुनाव आईसिसीको विधानले हुदैन अमेरिकाकै विधानले हुन्छ निर्वाचन कमिटीले यसो गर्न मिल्दैन रोका वताउछन। रोकाका अनुसार आईसिसीको विधान लागू गरे पनि जोशी योग्य हुन्छन् किनकी उनी संलग्न न्याक तत्कालीन एनआरएनको प्रतिनिधमूलक संस्था हो रेकर्डमा छ। फेरि आईसिसीले विवाद सुल्झाउने गरि वनाएको कमिटीको रिपोर्ट नआउदै निर्वाचन कमिटीले निर्वाचन प्रकृया अगाडि बढाउने कुरा कसरी सम्भव छ रोकाको भनाई छ।
यता अमेरिका स्थित न्यायिक कमिटीले पनि जोशी अध्यक्ष पदको लागी योग्य रहेको वताउदै निर्वाचन कमिटीलाई निर्देशन दिईसकेको छ। तर त्यसलाई पनि निर्वाचन कमिटीले व्यवास्ता गर्दै अन्तिम सूची प्रकाशन गरेको छ। आफु कसैको प्रभावमा नपरेको र निश्पक्ष रहेको निर्वाचन कमिटीले दावी गरिरहेको छ।
तर निर्वाचन कमिटीले कसैको प्रभावमा आएर सुनियोजितरूपमा अन्तिम सूचीमा आफ्नो नाम ननिकालेको जोशीले आरोप लगाए, "व्यवसायिक संस्थामा राजनीतिक हस्तक्षेप र दादागिरी चल्नेरहेछ यो ठूलो दुर्भाग्य हो। निर्वाचन कमिटीमा समेत हस्तक्षेप देखियो।" यो विषयलाई लिएर गोरी जोशी अदालत जाने कुरा सुनिन्छ नि के हो भन्ने प्रश्नमा उनले समाजको लागी केहि गरौ भनेर लागेको हुँ तर मलाई अदालत जाने फुर्सद छैन।" जोशीको नाम जोडेर अदालत जानुपर्छ भन्नेहरूलाई स्पष्ट पार्दै उनले भने मप्रतिको सम्मानको क़दर गर्छु तर समाजलाई विभाजन गर्नेतिर म कदापी जानसक्दिन। मैले कमाएको प्रतिष्ठा म दुरूपयोग गर्दिन।"
निर्वाचनमा निकै चर्चामा रहेका र प्रतिश्पर्धी को रूपमा हेरिएका जोशीलाई छुटाईएको अन्तिम सूचीमा अध्यक्ष पदका उमेदवारहरू डा केशव पौडेल, रविना थापा, कृष्ण पोखरेल र राम सी पोखरेलको नाम भने कायम गरिएको छ।