अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइना उत्तर कोरियाप्रति बढी लचिलो भएर केहि नगरेको बताएका छन। 'अमेरिकाले ब्यापारिक संम्झौता गरेर चाइनालाइ सहयोग गरेको भएपनि उत्तर कोरियालाइ चाइनाले कडाइ नगरेर बढी लचिलो बनेको आरो राष्ट्रपति ट्रम्पले लगाएका हुन।उत्तर कोरियाले पछिललो पटक अर्को लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेपछि राष्ट्रपति ट्रम्ले यस्तो बताएका हुन।
'हामीले चाइनालाइ केहि गर्न भनेका छौँ। हामीलाइ आसा छ चाइनाले चाडै केहि गर्ने छ।' उमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी समाचार सँस्थासँगको अन्तरवार्तामा बताएका छन।
अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज राष्ट्रपति सि जिङ पिङसँगको भेटवार्तामा समेत चाइनाले उत्तरकोरियाप्रति कडाइ हुन अनुरोध गरिसकेका थिए। 'हाम्रा पुर्व साथीहरुले चाइनासँगको ब्यापारीक सम्झौता गरेका छन। यसले चाइनालाइ मात्र नाफा भएको छ। अमेरिकाको पक्षमा अहिले सम्म चाइनाले कुनै सहयोग गरेको छैन।' राष्ट्रपति ट्रम्पले बताएका छन।
सन २०१७ मा मात्र धेरैचोटी उत्तर कोरियाले क्षेप्यास्त्रहरु परिक्षण गरिरहेको भएपनि चाइनाले कुनै कडा प्रतिक्रिया नजनाएको अमेरिक राष्ट्रपति ट्रम्पको भनाइ छ। 'चाइनाले चाहेको खण्डमा उत्तर कोरियाको यो समस्या सजिलै समाधान गर्न सक्छ तर चाइनाले चाहिरहेको छैन।'