अमेजन कम्पनिका सिइओ जेफ बेजोस बिहीबार ५ घण्टाका लागि संसारकै सबैभन्दा धनी व्यक्ति बने। बिहीबार बिहान ९०.९ अर्ब डलरको मालिक बनेका बेजोसले संसारका धनी बिल गेट्सलाई पछि पार्दै संसारकै धनी व्यक्ति बनेका थिए।
सेयर बजार खुल्ने बित्तिकै अमेजनकोको सेयर बिहीबार उकालो लागेको थियो। यसले उनलाई केही घण्टासम्म संसारकै धनी व्यक्तिको सूचीमा समावेश गर्यो।
सेयर बजार बन्द हुने बेलासम्ममा अमेजनको सेयरको मुल्य घटेपछि केही घण्टामै बेजोस फेरि पहिलेकै अवस्थामा पुगेका थिए।
सेयर बजार उकालो लाग्यो भने बेजोस फेरि पहिलो नम्रबमा आउन सक्ने सम्भावना छ।