स्याङ्जा समाज अमेरिका ईकको दोस्रो महाधिवेशन न्युयोर्कमा सम्पन्न भएको छ।
महाधिवेशनले बिमला हमाल श्रेष्ठको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा दिनेश भण्डारी डिसी, उपाध्यक्षमा शोभाकान्त पाण्डे, सचिवमा एनसर्ज गुरुङ, सहसचिवमा सुदिप लामिछाने, कोषाध्यक्षमा अमरविक्रम अधिकारी चयन भए।
त्यसैगरी महिला तथा बालविकास संयोजकमा बिमला गुरुङ, युवा तथा खेलकुद संयोजकमा प्रदीप खड्का र सांस्कृतिक संयोजकमा मधुर गिरी चुनिए ।
कार्य समितिको सदस्यहरुमा सोनम गुरुङ ,गोविन्द केसी, रुद्रबहादुर खत्री क्षेत्री, तेज अर्याल, गोविन्दप्रसाद उपाध्याय, ढाकाराम खनाल, मैनासेन बज्राचार्य, पुष्पा अधिकारी गौतम रहेका छन्। अन्य केही पदाधिकारी नियुक्त गर्न बाँकी रहेको बताइएको छ ।
सन् २०१८ मा अमेरिकाभरिका स्याङ्जा निवासीको भेला गराई नेपालको कला, संस्कृति, धर्म, रीतिरिवाज र भाइचारा सम्बन्ध विस्तार गर्न समाजको स्थापना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजका संस्थापक निवर्तमान अध्यक्ष तथा एनआरएनएका सल्लाहकार समाजसेवी वीरेन्दजंग केसीले यो समाजले छोटो अवधिमा महत्वपूर्ण काम गरी अमेरिकामा रहेका नेपाली समाज र अन्य समुदायको मन जित्न सफल भएको बताए।
उनले कोरोना महामारीबीच घर घरमा गएर कोरोना पीडित नेपालीलाई सहयोग र सेवा गर्नुका साथै गरिब नेपाली विद्यार्थीलाई आर्थिक सहयोग गरेको जानकारी दिए।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट आएका पाहुनाले महाधिवेशन र नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए। यसरी शुभकामना दिनेहरुमा समाजका सल्लाहकार मोहन गुरुङ, सियाटल राज्यबाट सल्लाहकार पुरुषोत्तम पाण्डे, कोलोराडो राज्यबाट एनआरएनएका उपाध्यक्ष दिलु पराजुली, क्यान्सस राज्यबाट विद्युत प्राधिकरण न्युयोर्कका कार्यकारिणी सूर्य लम्साल, समाजका संरक्षक श्यामकाजी गुरुङ लगायत थिए।
कार्यक्रममा बरिष्ठ कलाकारहरु प्रेमराजा महत, तिलकबम मल्ल, विमल डाँगी, संगीता थापामगर, उदय भट्टराई, मधुर गिरी, नरबिर गुरुङलगायतले पुराना तथा आधुनिक गीत प्रस्तुत गरेका थिए।