गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन्।
साहले संघको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। उनी लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारका लागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय छन्।
साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्षसमेत हुन्। लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लािग प्रयोग गर्ने बताएका छन् ।
उनले आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्याउने उद्देश्य राखेको जानकारी दिएका छन्। ‘सबैसँगको सल्लाह र सुझावका आधारमा उपाध्यमा उम्मेवारीको तयारी गरेको हुँं,’ साहले भने।