नेपाल पत्रकार महासंघका सभापति विपुल पोख्ररेलले पत्रकारिताको गरिमालाई बचाउन सबैले यथार्थमा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिएका छन्।
एक महिनाको अमेरिका भम्रण पुरा गरि स्वदेश फर्कने क्रममा केही संचारकर्मीसँग कुरा गर्दै पत्रकार मंहासंघ विश्वभरि रहेका सम्पर्ण नेपालीहरुको साझा संस्था भएको बताउदै प्रवासमा रहेका सवै नेपाली प्रवासीहरुले मुलुका वृहत्तर हित समृद्धि एक मात्र लक्ष्य हुनुपर्ने बताए।
अमेरिकामा रहेका नेपाली पत्रकारुको साझा संस्था नेजाको सातौं महाधिवेशको उद्घाटन गर्न आएका अध्यक्ष पोख्ररेलले अमेरिकाको विभिन्न राज्यहरु टेक्सास, म्यारिल्यान्ड, नर्थ क्यालोरिना, वोस्टन, पेन्सिलभिनिया लगायका क्षेत्रमा वसोवास गर्ने व्यापारि उधोगी, पत्रकार, विभिन्न संघ संस्थाका व्यक्तिहरुसँग अन्तरक्रिया गरेका थिए।
सोही बेला नेजाका नवनिर्वाचित अध्यक्ष विकासराज न्यौपानेले पत्रकारिता संक्रिण सोचबाट उन्मुत हुनुपर्ने बताउँदै पत्रकारिता देखिएका गलत पवृत्रिलाई निरूत्साहित गर्न आफू लागिपरेको बताए।