नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सरकारले विदेशमा रहेका नेपालीको सिप र अनुभवलाई नेपालको विकासमा खर्चिने वातावरण बनाउनुपर्ने बताएका छन्।
मंगलबार न्यूयोर्कमा नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको अन्तक्रियामा बोल्दै अध्यक्ष पोखरेलले भने, ‘नेपाल अहिले आर्थिक तथा भौतिक विकासको चरणमा छ अमेरिकामा हाशिल गरेको अनुभव र स्रोतलाई नेपालको हितमा उपयोग गर्नुपर्छ।’
कार्यक्रममा नेजाका उपाध्यक्ष मच्छेदेवी गुरूङले समुदायको उपस्थितिका लागि समावेशी सिद्धान्तलाई अवलम्वन गर्नुपर्नेमा जोड दिईन्।
समुदायको मुद्दालाई मुल प्रवाहीकरण गर्न राजनीतिमा मात्र नभएर पत्रकारितालगायत हरेक क्षेत्रमा महिला तथा जनजाति र समुदायको अर्थपूर्ण सहभागिता जरूरी रहेको गुरूङले बताइन्।
अमेरिकाको नेपाली समुदाय र नेपाली पत्रकारिता एक अर्काका पपिूरक रहेको बताउँदै गुरूङले समुदायको हितको लागि पत्रकारिताले पुलको काम गर्ने तर्क गरिन्। गुरूङले नेपाली पत्रकारलाई मूलधारमा समावेश गराउन समुदायले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
नेजाका अध्यक्ष विकासराज न्यौपानेले कार्यक्रममा बोल्दै प्रवास रहे पनि नेपाली समुदायलाई सहि सूचना दिन सामुदायिक पत्रकारिता धर्मलाई नेजाले मुल मन्त्रका साथ अधि बढेको बताए।
कार्यक्रममा नेजाकी सचिव कल्पना घिमिरे समाजसेवी वेद खरेल, एनआईएन अमेरिकाका सल्हाकार विरेन्द्र जंगकेसी, नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्टलगायतले बोलेका थिए।
कार्यक्रममा नेपाली समुदायकको अगुवा, पत्रकार तथा व्यवसायीको सहभागिता थियो।
सहभागीको जिज्ञासाको सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सामुदायीक पत्रकारितालाई सघाउन अगुवालाई आग्रह गरे।
यसैबीच अमेरिकामा रहेर विभिन्न पेशा र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिसँग अन्तक्रिया गर्ने क्रममा पोखरेलले आज न्यूयोर्क पावर अथरिटीका कार्यवाहक निर्देशक सूर्य लम्सालसँग अन्तरक्रिया गरे।
अमेरिका र क्यानाडाबीचको नायग्राफल्स जलविद्युत आयोजना अमेरिकाकै उत्कृष्ट आयोजना हो। विगत १५ वर्ष देखि सो आयोजनामा कार्यरत लम्सालसँग अध्यक्ष पोखरेलले नेपालमा जलविद्युतको विकास, महाकाली सन्धी र एमसीसीको बारेमा वृहत छलफल गरेका थिए।
‘महाकाली सन्धी र नायगरा हाइड्रो पावरको अवधारणा समान हो दुवै सीमानाका नदि हुन् तर महाकालीमा नेपाल पक्षले अपेक्षित लाभ लिन सकेको छैन’, लम्सालले भने।
एमसीसीबारे नेपाल सरकारले यथासिघ्र निर्णय गर्नुपर्ने बताउँदै आएका अध्यक्ष पोखरेलसँग कुरा गर्दै लम्सालले, एमसिसी नेपालको जलविद्युत र प्रशारण लाइनको लागि अत्यन्त अनुकुल रहेको बताए।
अमेरिका भ्रमणमा रहेका पोखरेलले यसअघि टेक्सास, बाल्टिमोर र नर्थ क्यारोलिनाका नेपालीसँग अन्तक्रिया गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सदस्य दिवाकर बागचन्द र टिभी सन्डेका निर्दशक किरण मरहठ्ठाले प्रवासका पत्रकारको चुनौति र अवसरकाबारे प्रकाश पारेका थिए।