मध्यम वर्गिय परिवारमा जन्मिएका चितवनमा गौरी जोशी पछिल्लो समय अमेरिकी नेपालीबीच लोकप्रिय छन्।
लामो समयको संघर्षपछि अमेरिकामा स्थापित भएका जोशीको यात्राको गोरेटो सहज थिएन। काठमाडौंबाट उच्च शिक्षा गरेर उज्जवल भविश्यको खोजिमा अमेरिका हानिएका जोशीले सुरूमा काम, कोठा अनि पढाइको लागि निकै ठूलो दौडधुप गरे।
पुर्ख्यौंली जग्गा बेचेर विलार्थी भिसामा अमेरिका आएका गौरीले डालासबाट आइटीमा मास्टर्स डिग्री पुरा गरे। जतिबेला अमेरिका नेपालीको लागि सपनाको संसार थियो त्यती बेला गौरीले आफ्नो भबिष्यको बाटो रोजिसकेका थिए।
पढाइ पुरा गर्नासाथ सन् २००० तिर नउले एउटा आइटी कम्पनीमा जागिर पाए। काम सँगै उनले आफ्नै आइटी कम्पनी खोले।
भस्टीका नाम दिएको उनको आइटी कम्पनीले बिस्तारै बजार लियो। व्यसायमा सफलता पाउन थाले। यतिखेर डलासमा रहेको उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्टमध्येको एक कम्पनी हो।
गौरीको प्रगती र उन्नतीको कथाहरू बुनिँदै गए। धनसँगै उनको मित्रवत व्यवहार र सहयोगी भावनाले उनलाई संसारभर छरिएका प्रवासी नेपालीबीच छोटो समयमै घुलमिल गरायो।
गैर आवासीय नेपाली संघ (आइसीसीको) केन्द्रीय सचिवसमेत रहेका उनले व्यवशायीक सफलतासँगै एनआरएन अभियानका सारथीका रूपमा आफूलाई अगाडि बढाउँदै लगे।
दुई जनाबाट सुरू भएको उनको व्यवसायले हजारौलाई रोजगार दिएको छ। भास्तिकाका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापपित भइसकेका छन्।
एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यवशायीक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ।
जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्याँस स्टेसनलगायतमा हात हालिसकेका छन्। अमेरिकाका टेक्सासलाई आधार बनाएका जोशी व्यवशायसँगै परोपकारी कार्यमा पनि अगाडि देखिएका छन्।
एनआरएन अभियानमा लागेका गौरीलाई यतिबेला साथीभाइले महासचिवको लागि अगाढि बढ्न हौस्याएका छन्। कर्म गरे अवश्य फल पाइन्छ भन्ने सोचका साथ अगाडि बढेका गौरीलाई पछिल्लो कार्यकालमा पनि सर्वाधिक भोटका साथ सचिवमा विजयी बनाएका थिए।
डेढ दशक अगाडि नेपाली समाज टेक्सासमार्फत परोपकारी कार्यमा जुटेका गौरीको मुलुकसँग जोडिने अभियानमा महत्वपूर्ण भावहरू अझै छचल्किन्छन्। ‘सबैभन्दा पहिलो कुरा भनेको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने मुलमन्त्रलाई बोकेर बिदेशमा सिकेको ज्ञान र शिपलाई मुलुकसम्म पुर्याउने अनि विदेशमा स्थापित नयाँ पुस्तालाई मुलुकसँग जोड्ने उनको अभियान अझै जारी रहेको छ’, उनले भने, ‘बिदेशमा पढेँ, व्यवसाय गरेँ, धन कमाएँ र अहिले अमेरिकामा बसेर ससारभर छरिएर रहेका प्रवासी नेपालीको मन जित्ने अभियानमा लागेको छु।’
‘सुरूका दिनमा समाजसेवा गर्दा उनको महत्वपूर्ण अभियान थियो-भाषा पाठशाला। दोस्रो पुस्तामा जबसम्म हामीले नेपाली भाषा हस्तान्तरण गर्न सक्दैनौ तबसम्म मुलुकसँग जोड्ने अभियान अधुरै हुने उनको विश्वास रहेको छ। विदेशमा हुर्केका र जन्मेका नयाँ पीढीले नेपाली बुझेनन् र जानेन् भने उनीहरूले हाम्रो कला संस्कृति अनि भेषभुषा पनि जान्दैनन्। त्यसपछि बिस्तारै मुलुकसँग पनि पर हुन्छन् त्यसैले पहिलो कामका रुपमा हामीले नेपाली भाषाको हस्तान्तरण गर्ने काम गर्नुपर्छ’ , गौरी आफ्नो अभियानलाई यसरी बेली बिस्तार लाउँछन्।
सहयोग र परोपकारी अभियानमा सधै अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ बस्ती हुन् या सिन्धुका शिक्षालयमा लाखौको सहयोग गरेका छन्।
आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने गैर आवासीय नेपाली संघको निर्वाचनमा गौरी महासचिवको प्रवल दावेदारको रुपमा पनि छन्।
वर्तमान सचिव भएका कारण पनि महासचिवको दावेदारी स्वभाविक रहेको गौरी बताउँछन्। एनआरएन अभियानमा उनको पछिल्लो कर्मले महासचिवको दाबेदारीमा उनलाई बलियो देखाएको छ।