नेपाल अमेरिका पत्रकार संघ (नेजा )को नेतृत्वको लागि आज (जुलाई २५ का दिन) निर्वाचन हुँदै छ।
नेजाको सातौँ अधिवेशन तथा १४ औं साधारणसभाले नयाँ नेतृत्व पाउनेछ।
अहिले नेजामा कूल मतदाता संख्या १४४ रहेका छन् । आयोजकका अनुसार करिब १०० जना पत्रकारहरुले मतदानमा सहभागिता जनाउने देखिएको छ ।
अहिलेसम्म अध्यक्ष पदका प्रत्यासीहरुमा निदेश अधिकारी, गोकुल ढकाल, किरण मरहठ्ठा, विकास न्यौपाने र अनुज थापाको नाम बाहिर आएको छ ।
निर्वाचन समितिमा आङ्गछिरिङ्ग शेर्पा संयोजक ,नारायण सापकोटा सदस्य ,भोला आचार्य सदस्य तथा शैलेश पोख्रेल सदस्य रहेका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विपुल पोखरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा आयोजना हुने कार्यक्रम जुलाई २४ र २५ अर्थात् शनिबार र आइतबार हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका छन् त्यस्तै गरि राजदुत युवराज खतिवडा(विद्या वारिधि )पनि अन्य कार्यक्रममा व्यस्त भएकोले उद्घाटन समारोहमा सहभागी हुन् नसकेकोले शुभकामना सन्देश पठाएका छन्।
कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका छन् भने कार्यक्रमको लागि पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व सभापति हरिहर विरही, महाबाणिज्यदुत प्रेम राजा महत ,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा वराल, एनआरएएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,संघका पूर्व अधिकारीहरु ,वरिष्ठ तथा अग्रज पत्रकारहरु लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।