सरकारको नीति तथा कार्यक्रमले पिडामा रहेका नेपाली जनताहरुको जल्दोबल्दो समस्याहरुको समाधानमा कुनै ठोस कदम र सहि मार्ग दर्शन त गरेन गरेन, झुट, बनाउटी, कपोकल्पित र तथ्यहिन तथ्यांकहरुको फेरिस्त सुनाएर जग हँसायो। म, सचेत सामाजिक र एक राजनितिक प्राणी भएको नाताले मैले यो लेख तयार गर्दै गर्दा कहिंकतै मेरो शरिरमा सिंचित राजनितिक बिचार र सिद्धान्तहरु प्रफुठित नहुन् भनेर होसियारीका साथ कलम चलाउँदैछु।
यो मानबिय बिपतको घडीमा बिचारको झण्डा हातमा लिएर समुहगत र दलगत स्वार्थ सिद्धको लागि लाजनिति गर्ने उचित समय होईन, हाम्रो बिचार, सिद्धान्त र दलगत स्वार्थ भन्दा निकैमाथि अतिनै संवेदनसिल सिंगो मानब समुदायको जिबन रक्षा र कल्याण निम्ति खर्चिने महत्वपुर्ण बेला हो। हामी, नेपालीहरु संधियौं देखिको आशाको राजनितिमा आफ्नो जिबनयापन गर्न बाध्य छौ, शासकहरुको सम्मुखमा वा भनौ आँखानेर र कानको छेऊमै आएर मृत्युले घण्टी बजाउँदा समेत शासकहरु ब्युँझिएनन्। नेपाल सरकारको गतिबिधीहरु र रबैयाहरु ठिक रहेन।
हिजो, गॉंस, बॉंस र कपासका लागि भन्दै सामन्तबादको बिरोधको गर्दै झापा बिद्रोहको नाममा मानिसहरुलाई बर्बरतापुर्वक घॉंटी छिनालेर १४ बर्ष जेलबास बस्दा आफुलाई उचाल्न लगाईएका ती सबै मुद्धाहरुलाई चटक्कै बिर्सिएछन्। जसरी नामुद डॉंकुबाट बिद्धान कालिदास बनेझै उनी छुद्र, कटुता र ईश्याको भावानाले ओतप्रोत नव उखानकार राजनितिज्ञ बनेर निस्किएका रहेछन्। मलाई लाग्दथ्यो उनको छुद्रताको पछाडी गहिरो बुझाई र परिवर्तनका लागि भिन्नै दृष्टिकोण छ। उनको कटुताको पछाडी लामो र राम्रो अध्ययन छ र उनको ईश्याको पछाडी छुट्टै योजना र नेपालको उज्ज्वल भविष्यको चित्र छ। मेरा यी चिन्तन र सोचाईलाई अहिले फगत सावित गरिदिए।धन्य छ, सर्वहाराबादको नामको हुर्काईएको नब धनाड्य कमाउनिष्टहरुलाई।
मैले मेरै देशका कार्यकारी प्रमुख एवं उखानकारज्यूको उखानलाई बिच बिचमा उल्लेख गर्न सान्दर्भिक लाग्यो। उनी यस्ता उखान टुक्कामा पोख्त र माहिर छन्। गफैले आर्जेको सत्ता हॉंसी मजाक र गफैमा बिताउँदैछन्। यतिका कुराहरु भन्दै गर्दा एकलाईन भनेपनि उखानको उच्चारण गरिएन भने उखानकार खड्ग प्रसाद ओलीमाथि अन्याय भएको महशुष हुनेछ। उहॉं संधै भन्ने गर्नुहुन्थ्यो “माउँको पिर मर्का बॉंच्छालाई थाहा हुदैन”। माउँको लाम्टामा दुध छ छैन, बॉंच्छाको अगाडी लम्पसार पर्नै पर्दथ्यो। हो, त्यसैगरी हामी गरिब, किसान, मजदुर र दैनिक ज्यालादारी गर्ने नेपाली जनताहरुको गॉंस, बॉंस र कपासका सवालमा किन बोलेनौ महासय। नेपाल सरकार नेपाली जनताहरुको माउँ हो, अभिभावक हो। महामहिम राष्ट्रपतिज्यूको संखुवासभा बाट अरुणको तिरैतिर मोरंगको ईटहरा र सम्माननीय कार्यकारी प्रमुखज्युको तेह्रथुमबाट तमोरको तिरैतिर चरचर फुटेका खाली पैदल झापा झर्नु पर्नाको अबस्था र कारणलाई लाज छोप्नका लागि भनेपनि केहि न केहि राहतको घोषणा गर, तिमिहरुको हिजोको त्यहि दयनिय जिबनशैली जस्तै छ, आजपनि लाखौ लाख हामी नेपाली जनताहरुको अबस्था र हालत।
बालकोटको भब्य महलबाट बालुवाटार दरबारको बसाई सराईकै क्रममा आफ्ना सबै बिगतहरु भुल्यौ भनु भने अस्ति भर्खरै राज्यकोषको ढुकुटीलाई चरम दोहन गर्दै राजषी ठॉंटमा चारवटा हेलिकप्टर लिएर लाखौ मुल्य पर्न पुगेको टुक्रिएको नेपाल आमाको सचित्र झल्किएको केक काट्दै तेह्रथुमको आफु जन्मिएको त्यहि झुपडी र बुकुरोमा जन्मोत्सव मनाएको हाम्रा सामु ताजैछ। अब फेरी तपाईका ति कहालीलाग्दो बिगतहरु स्मरणमा छन् होला भनु भने तपाईकै जस्तो झुपडी र बुकुरो हुने सारा नेपाली जनताहरुको चुल्होमा आज आगो बल्न छोड्यो। चुल्होमा आगो किन बल्न सक्दैन भन्नेमा तपाई आफै ज्ञाता हो, यसको कारणका बारेमा तपाईलाई सम्झाउन खोज्नु म मुर्ख बन्नु हो। म मुर्ख बन्न चाहान्न। तपाईले मलाई पुन प्रश्न गर्नुहोला यसलाई नेपाल देशको बारेमा केहि जानाकारी नै रहेनछ।
मेरो सरकारले तुईन जस्तै दाउराले बल्ने चुल्होलाई नेपालबाट बिस्थापन गरिसक्यो भन्ने थाहै रहेनछ। अनि कसरी बल्छ चुल्हो र देख्छ धुँवा आएको र थाहा पाउँछ बल्यो कि नाई, कहॉं बस्छ यो केटो परदेशतिर हो, त्यो बसेकै देशतिर जस्तैगरी पाईप लाईनबाट घरमै खाना पकाउँने ग्यॉंस नेपालमा बितरण गरेको त बिचरालाई पत्तै रहेनछ।
छोड्नुहोस्, तपाईको चुल्हो ग्यॉंस, दाउरा, गोबर आदी जुनसुकै किशिम र ब्राण्डको होस्, मेरो प्रश्न फेरी त्यहिनेर गरिबीको रेखामुनि रहेका असाहय, निमुखा र श्रमजिबी जनताहरुले राज्य छ भन्ने अनुभुति गर्नुपर्यो, आँखाले देख्नुपर्यो, कानले सुन्नुपर्यो र राहत पाएर शरिरले गहकिलो सास फेर्न पाउँनु पर्यो। राज्य र सरकार भनेको १०/२० वटा साईरन जडित गाडी र २०/३० वटा त्यस्तै खाले मोटरलाईकिल अघिपछि लगाएर लकडाउनको समयमा सडकका दुबैतिर प्रत्येक १० हातमा नेपाल प्रहरीका जवानहरुलाई लामबद्ध गराई आकास गर्जिएझै बॉंजा बजाउँदै बिचमा मर्सिडिज कारमा सयर हुनेलाई मात्र भनिदैन। सवाल हातमुख जोर्नुको छ, भोकाएको पेटको आवाज सुन, एकसरो कपडाले लाज छोप्न नसकेकालाई हेर, दैनिक ज्यालादारीमा सिंगो परिवार पाल्नुपर्ने बेदनालाई बुझ, हुर्कदै गरेका बालबालिकाको रोदन र मर्मलाई स्पर्श गर। सडकमा भौतारिरहेका अनाथ र असक्तहरुको उचित ब्यबस्थापन गर, मानसिक तनावबाट मात्रै सयौ जनताले आत्माहत्या गरिसके भन्ने समचारहरु दिनानु दिन आउँदैछ, यसको रोकथाममा भरोषाका आडहरु देऊ, बि.सं. २०९९ सालमा नेपाल समृद्ध हुने सपनालाई देख तर, समृद्ध के का र कसका लागि चेतनाको ढोका तत्काल खोल, देश र जनता बॉंचे न समृद्धि चाहिने हो, रेमिट्यान्स, पर्यटन ब्यापार, राजश्व र बैदेशिक सहायतामा आधारित खहरे अर्थतन्त्रमा धेरै चर्का भाषण नगर।
कृर्षि उत्पादनको क्षेत्रलाई आधुनिकीकरण गर्दै यसको दायरा फराकिलो बनाउ र आगामी बजेटबाट प्रोत्साहन स्वरुप कृर्षिमा सहयोग तथा सहुलियत ऋण उपलब्ध गराउ। माथि उल्लेख गरेको हाम्रो आम्दानीको मुख्य श्रोत कोरोनाको कहरले निकै प्रभाबित भएकोछ। आशा गर तर धेरै भर नपर।
हाम्रा देशका साना, मझौला तथा ठुला सबैखाले ब्यबसायहरुको अबस्था चौपट हुदैछ। ति ब्यापारहरुको निरन्तरताको लागि राज्यले सहयोग गर्नुपर्ने तथ्यलाई गहिरो गरी सोंच र सहि निर्णय सहितको राहत प्रदान गर। ती ब्यापार र ब्यबसाय बॉंचेन भोली यिनीहरुले राज्यलाई कर तिर्छन् र समृद्ध नेपाल र सुखी नेपाली भन्ने तपाईका नारा र सपना पुरा हुन्छ। कानमा ईअरपग हालेको भए निकाल्नुस, कानेगुँजिले नसुनिएको भए कान सफा गर्नुस तर मेरो बिन्ति छ नेपाल सरकार बैंरो नबन।
कोरोनाको कहरबाट प्रताडित नेपाली जनताहरुको साहारा बन, चुनावमा तपाईका पार्टीलाई भोट दिए दिएनन् सहयोगका हातहरु बढाउनु होस्, रसाएका ती कलिला नयनहरुमा आशाको किरण छर्नुहोस्, नीति तथा कार्यक्रममा सरकार चुक्यो, बजेटमा सरकार नचुकोस्। संसारभर छरिएर बसोबास गरेका नेपालीहरुको चित्कार शुरु भएको छ, कृपया यसको ब्यबस्थापन र उद्धार गर्नुहोस्।
अन्तमा, संयोग पनि कस्तो मिलेको र जुरेको छ। सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संघिय संसदको दुबै सदनमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको केहि घण्टापछि उनकै श्रीमान तल्कालिन नेकपा (एमाले) का महासचिब क.मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख क.जिबराज आश्रितको रहस्यमय दासढुंगा जिप दुर्घटना भएको २७ बर्ष पुरागरी २८ औं बर्षमा प्रवेश गर्दैछ। क. मदनका श्रीमती राष्ट्रपति र उनका असल मित्र एवं तल्कालिन नेकपा (एमाले) का तर्फबाट गठित जॉंचबुझ तथा छानबिन समितिका एकल सदस्य क.खड्ग प्रसाद ओली प्रधानमन्त्री हुनुहुन्छ। २७ बर्षसम्म पनि उहॉंले जॉंचबुझ तथा छानबिनको रिपोर्ट बुझाउनु भएको छैन। भण्डारी बन्धुको हैसियतले उहॉंको रहस्यमय दासढुंगा जिप दुर्घटनाको बारेमा नेपाली जनता जान्न चाहान्छ भन्ने अनुरोध गर्दछु।
(लेखक, काठमाण्डौ क्षेत्र नं. ३ बाट नेपाली कॉंग्रेसको महासमिति सदस्य समेत हुन् )