सोमबार अमेरिकाले तेहरानलाई ११ इरानी नागरिकलाई देश फर्काउन चाटर्ड प्लेन पठाइदिन भनेको छ।
योसँगै अमेरिकाले इरानले स्वदेश फिर्ताको प्रक्रियालाई रोक लगाएको आरोप लगाएको छ।
'हामीसँग देश फर्किन खोजेका तिमीहरुहरूका ११ गैरकानुनी नागरिक छन्। अचानक उनीहरू फिर्ता पठाउन भनिएको छ। यदि त्यस्तो हो भने एउटा चाटर्ड प्लेन पठाए हुन्छ, हामी तुरुन्तै ११ जनालाई फिर्ता पठाइदिन्छौं', अमेरिकाको गृह मन्त्रालयका कार्यवाहक केन उपसचिव केन कुचिनेल्लीले ट्वीटमा भनेका छन्।
उनले वासिङ्टनले गोप्य व्यापार सूचना चोरेको अभियोगमा नोभेम्बरमा पक्राउ परेका एक इरानी प्रोफेसर सिरियस अस्गरीलाई फर्काउने महिनौदेखिको प्रयासलाई इरानले ढिला गरेको आरोप लगाए।
ती प्रोफेसर अझै अमेरिकी हिरासतमा छन्।
ट्वीटमा कुचीनेल्लीले दुबैदेशबिच कैदबन्दी आदानप्रदानका बारेमा भएको अन्य जानकारी भने दिएनन्।
४० वर्षदेखि यी दुबै मुलुकको कुटनीतिज्ञ सम्बन्ध बिच्छेद छ।
यसैसाता इरानले आफू कैदीबन्दी साटासाट गर्न तयार भएको जनाएको थियो।
'यस्ता वाइयात कुरा नगरौं', कुचीनेल्लीको ट्वीटको जवाफमा इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले ट्वीट गरेका छन्।
ट्वीटमा प्रवक्ता अब्बासले सन् २०१८ देखि नै कैदीबन्दी आदानप्रदानका लागि प्रस्ताव गरिएकाले अमेरिका जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए।
उनले अमेरिकी शासनसत्ताले आफ्ना नागरिकहरूको जीवन खतरामा परेको आरोप लगाएका छन्।
रोयटर्सले गत साता अमेरिकाले अस्गरीलाई दुई साता अगाडि कोरोना भाइरसको संक्रमण भएको र त्यसबाट निको हुनेबित्तिकै इरान फर्काइने सम्भावना रहेको जनाएको थियो।
इरानी श्रोतले दुबै देशबिच कैदीबन्दी आदानप्रदान गर्ने बारेमा कुरा भइरहेको बताएका छन्।
यस अन्तरगत अमेरिकाले सन् २०१८ देखि इरानी नियन्त्रणमा रहेका आफ्ना नौसनिक माइकल ह्वाइटलाई फिर्ता गर्ने बारेमा वार्ता गरिरहेको छ।
त्यसो त उनलाई मार्चको मध्यमा स्वास्थ्यलाई मध्यनजर गर्दै जेलबाट रिहा गरेर स्वीस दुतावासको जिम्मा लगाइएको थियो। हाल उनी इरानमै छन्।
उनलाई कसको सट्टामा आदानप्रदान गरिनेछ भन्ने बारेमा स्पष्ट हुन सकेको छैन। तर एक अमेरिकी अधिकारीले भने इरानी अधिकारीहरूले भनेजस्तो अस्गरीसँग साट्न नथालिएको बताएका छन्।
दुबै देशबिच सिधा कुटनीतिज्ञ सम्बन्ध नभएकाले अमेरिकाले स्वीस दुतावास र इरानले पाकिस्तानी दुतावास मार्फत संवाद गर्ने गरेका छन्।