दुई जना सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ह्वाइट हाउसले कर्मचारीहरूलाई अनिवार्य मास्क लगाउने आदेश दिएको छ।
यो आदेश भवनको पश्चिमी क्षेत्रमा प्रवेश गर्ने कर्मचारीहरूलाई दिइएको हो।
ह्वाइट हाउसले त्यहाँ कार्यरत कर्मचारीले आफ्नो टेबलमा बसेर काम गर्ने अवस्थामा बाहेक अन्य सबै समयमा मास्क लगाउनुपर्नेछ।
यसैगरी सहकर्मीसँग सामाजिक दुरी कायम गर्न पनि भनिएको छ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव तथा राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कर्मचारीहरूलाई मास्क लगाउने आदेश दिइएको हो।
यसैगरी हाल ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका तीन सदस्य दुई साताका लागि सम्भावित जोखिमलाई ध्यानमा राख्दै 'सेल्फ आइसोलेसन'मा गएका छन्।
यसरी आइसोलेसनमा जानेमा अमेरिकाको कोरोना भाइरसविरुद्धको लडाईंमा अग्रपंक्तिमा रहने गरेका डा. एन्थोनी फउसीसमेत रहेका छन्।