अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका बारेमा भनेका कुरामा अमेरिकी नागरिकलाई विश्वास नभएको एक अध्ययनले देखाएको छ।
कोरोना रोकथाम तथा नियन्त्रण कार्यशैलीका लागि उनको आलोचना हुँदै आएको छ।
हालै ट्रम्पले किटाणुनाशकलाई संक्रमितको रगतमा हालेर कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए।
उनको यस भनाइको स्वास्थ्य विशेषज्ञहरूले तत्कालै विरोध गरेका थिए। पछि उनले यसलाई आफूले ठट्टा गरेको भन्दै बचाउ गरेका थिए।
रोयटर्सले मंगलबार सार्वजनिक गरेको लगभग सबैजसो सहभागीले ट्रम्पको सो भनाइ नपत्याएको बताएका छन्।
अप्रिल २७ देखि २८ मा गरिएको अध्ययनमा आधा भन्दा अलिकति कम (५७%) वयस्क नागरिकहरूले मात्र आफूलाई ट्रम्पले कोरोना भाइरससम्बन्धी भनेका कुरामा 'केही मात्रामा' वा 'पूरा विश्वास लाग्ने' बताएका थिए।
यो संख्या भनेको मार्चको अन्त्यमा ट्रम्पको कुरा मान्छौं भन्ने अध्ययनको भन्दा १५ प्रतिशतले कम हो।
यसैगरी सहभागीमध्येका झण्डै ९८ प्रतिशत अमेरिकीले उनीहरूलाई कोरोनाको संक्रमण भएका कहिल्यै डोनाल्ड ट्रम्पको किटाणुनाशकको सुई लगाउने सुझाव नमान्ने बताएका छन्।
अध्ययनमा सहभागी अधिकाशं अमेरिकी नागरिकहरूले उनीहरूलाई कोरोना भाइरस कसरी फैलिरहेको छ भन्ने कुरामा चासो रहेको देखाएको छ।
पछिल्लो समय अमेरिका कोरोना भाइरसको महामारीबाट संसारकै सर्वाधिक प्रभावित मुलुक हो।
त्यहाँ हालसम्म कोरोनाका कारण ५६ हजार जनाको मृत्यु भइसकेको छ भने १० लाख बढी संक्रमित भइसकेका छन्।
संग्रममा ट्रम्पको लोकप्रियता बितेका हप्तामा खासै नघटेको रोयटर्सको समाचारमा उल्लेख छ।
४३ प्रतिशत अमेरिकीले ट्रम्पको कामलाई संमग्रमा स्वीकार गर्ने बताएका छन्। झण्डै उत्तिकै संख्याले कोरोना भाइरस रोकथाममा ट्रम्पको कदम राम्रो भएको प्रतिक्रिया दिएका छन्।
यस्तै ४४ प्रतिशत सूचिकृत मतदाताले डेमोक्रेटिक उम्मेदवार जोन वाइडनलाई आगामी राष्ट्रपति चुनावमा भोट दिने बताएका छन् भने ४० प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन्।
अनलाइनमा रोयटर्सले अंग्रेजी भाषामा गरेको भोटमा ४ सय १६ डेमोक्रेट तथा ४ सय १९ रिपब्लिकन गरी कुल १ हजार १ जनाले सहभागिता जनाएका थिए।