जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याकं अनुसार आइतबार रातिसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या झन्डै ५५ हजार पुगेको छ।
यस्तै ९ लाख ६५ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएका छ।
यो संख्या स्पेनको भन्दा चार गुणा बढी हो। कोरोना भाइरसबाट बढि प्रभावित हुने देशमध्ये स्पेन दोस्रोमा पर्छ।
अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५४ हजार ८ सय ३७ पुगेको छ।
यसका बावजुत केहि अमेरिकी राज्यहरूले लकडाउन खुकुलो बनाउन सुरु गरेका छन्।
जर्जिया, ओक्लाहोमा, अलास्का र दक्षिण क्यारोलिनाले केही व्यवसायहरू पुनः खोल्न अनुमति दिइसकेका छन्।
टेनेस र मिसिसिपीले पनि लकडाउनलाई कसरी सहज बनाउँछ भन्नेबारेमा सोमबार थाहा हुनेछ।
राज्यहरूको यस्तो निर्णयलाई आलोचकहरूले हतारको निर्णय भनेका छन्। केही समय अगाडि अमेरिकाका केही स्थानहरूमा लकडाउन खओल्न माग गर्दै जनताले प्रदर्शनसमेत गरेका थिए।
अहिले अमेरिकामा 'अमेरिका पहिला कि मानवता' भन्ने बहस सुरु भएको छ।
लकडाउन सुरु भएपछि करोडौं अमेरिकी नागरिकहरू घरभित्र सिमित भएका छन् भने लाखौंले आफ्नो जागिर गुमाउन परेको छ। यसले अमेरिकी अर्थतन्त्रमा दोश्रो विश्वयुद्धयताकै ठूलो संकुचन ल्याउने प्रक्षेपण भइसकेको छ।
आर्थिक गतिविधि रोकिएजस्तो हुँदा अर्थतन्त्र ध्वस्त हुनेसक्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिदैं आएका छन्। उनलाई पनि लकडाउन खोल्ने हतारो छ।
यस्तो केही अमेरिकी राज्यहरूले उठाएको पछिल्लो कदमले कोरोना रोकथाममा थप असर गर्नसक्ने सम्भावना देखिएको छ।
अमेरिकी भाइरस टास्क फोर्सले भने त्यहाँको गर्मीभर सामाजिक दुरीका नियमहरु जारी राख्न मानिसहरूलाई आग्रह गरेको छ।
यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीव्र आलोचनापछि शुक्रबारदेखि ह्वाइट हाउसमा ब्रिफिङ आयोजना गरेका छैनन्।
उनको कोरोना भाइरस मार्न किटनाशक औषधिको सुई लगाउनुपर्ने सुझाव थिएका थिए, जसको व्यापक आलोचनाको सामना गर्नुपरेको थियो। पछि त्यसलाई ट्रम्पले ठट्टा गरेको भन्दै आफ्नो बचाउ गरेका थिए।