दक्षिणी ओक्लाहामा, टेक्सस् र लुइजियानामा आएको आँधीमा कम्तिमा सात जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
यी क्षेत्रमा बुधबार र बिहीबार निकै ठुलो आँधी, बाढी र तूफान आएको बिबिसीले रिपोर्ट गरेको छ।
ओक्लाहोमा र टेक्सासमा 'अत्याधिक खतरनाक' तूफानमा परि पाँच जनाको मृत्यु भएको छ।
लुइसियानामा एक जना आँधीमा मरिए भने र अर्को एक जना बाढीमा डुबेर मारिएका छन्।
राष्ट्रिय मौसम सेवा अनुसार स्थानीय समय अनुसार बेलुकी ६ बजेतीर ओनालास्का शहर र टेक्सासको पोल्क र स्यान ज्याकिन्टो शहरका अन्य भागमा अत्याधिक खतरनाक तूफान आएको थियो।
ओनालास्काको स्थानीय संचारमाध्यमका अनुसार त्यहाँ तूफानका कारण तीन जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्।
घर, व्यवसाय र अन्य पूर्वाधारलाई उल्लेख्य क्षति पुर्याएको उनीहरूले जनाएका छन्।
त्यसैगरी साँझ ४:३० मा आएको आँधीले दक्षिणी ओक्लाहोमामा दुई जना मारिएका छन्।
यस्तै लुइसियानामा थप एक महिलाको आँधीका कारण ज्यान गएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
यस महिनाको सुरुमा मात्रै तूफान र बाढीका कारण यो क्षेत्रमा २६ जनाको ज्यान गइसकेको छ।
यो सँगै अमेरिकामामा तूफानका कारण मृत्यु हुने संख्या ७४ पुगेको छ।