सेनेटर बर्नी स्यान्डर्सले सोमबार राष्ट्रपति पदमा डेमोक्रेटिक प्रतिष्पर्धी जोसेफ रोबिनेट बाइडनलाई समर्थन गर्ने भएका छन्।
यसले बाइडनको उम्मेद्वारीलाई वामपन्थी समर्थन प्राप्त भएको छ।
यसलाई नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउनेमा पार्टीको एकता जुटाउने प्रयासतर्फको कदमका रुपमा हेरिएको छ।
सान्डर्स आफ्ना प्रतिष्पर्धीलाई समर्थन गर्ने निर्णय उनका गहन समर्थकका लागि एउटा त्रुटिमुक्त सन्देश हो। यध्यपी बाइडेनले प्रगतिशिल युवा मतदाताबाट अझै गहिरो सन्देहको सामना गर्दै आएका छन्।
सान्डर्सले प्रतिष्पर्धाबाट बाहिरिएको पाँच दिनपछि दुबै जना एकसाथ आश्चर्यजनक रुपमा लाईभस्ट्रिम आउँदै असाधारण परिस्थितिले आफूहरूलाई मेलमिलापको परिस्थितिमा ल्याइदिएको खुलासा गरेका थिए।
कोरोना भाइरसको महामारीले राष्ट्रपतिको दौडमा परिवर्तन ल्याएको उनीहरूले बताएका छन्। कोरोना भाइरसले उत्पन्न गरेको अनिश्चितता, अमेरिकी अर्थतन्त्रलाई ठूलो क्षति र ट्रम्पलाई दोस्रो कार्यकालबाट वञ्चित गर्ने दुबैको उत्कट चाहनाले दुई वैचारिक प्रतिद्वन्द्वीहरू अपेक्षित गठबन्धन बन्ने माहोल बनेको हो।
'तपाईं ह्वाइट हाउसमा चाहिन्छ', सान्डर्सले बाइडनलाई भने, 'म त्यो सम्भव हुनका लागि लागि गर्नुपर्ने कुरा गर्छु।'
जवाफमा बाइडेनले आफूलाई सान्डर्सको साथ अभियानका लागि मात्र नभई सरकार चलाउन समेत चाहिने बताएका थिए।