अमेरिकाको वासिङ्टन राज्यका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको संक्रमणमा मृत्यु हुनेको संख्या मंगलबारसम्म ९ पुगेको बताएका छन्।
मृत्यु हुने सबै वासिङ्टन राज्यका हुन्।
सोमबारसम्म त्यहाँ ६ जनाको यस भाइरसका कारण उपचारका क्रममा ज्यान गएको थियो।
कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान लगाएका थिए।
हालसम्म अमेरिकाका १३ राज्यमा कोरोनाभाइरस संक्रमणका मामिलाहरू सार्वजनिक भएका छन्।
यी १३ राज्यमा ११२ वटा कोरोनाभाइरसका मामिलाहरू पुष्टि भएको अमेरिकाको सरकारले जानकारी दिएको छ।