दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ।
उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो।
धेरै जनघनत्व भएका क्षेत्रभन्दा निकै पर केन्द्रविन्दु हुनु भाग्यशाली भएको उनले बताए।