नेपालकी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि हात पारेकी छन्।
विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली हुन्। हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीस“गै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन्। सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन्।
उनको कार्यसम्पादन मुल्याङ्कन लाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ। काठमाडौं बत्तीसपुतली निबासी बुवा जनक मान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान उनी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन्।
सन् २०१३ मा “जोन्सन एण्ड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै सबैभन्दा ठूलो धन मान्दछिन्।